• भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको स्वास्थ्य एवम् मौसम क्षेत्रका अधिकारीहरुले जनाएका छन् । नयाँ दिल्लीको आकासको वायुमा बुधबार बिहान अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषित कणहरु भेटिएको छ ।

    वायु प्रदुषणको मात्रा अघिल्ला दिनका तुलनामा बढेको र हावाको प्रदुषण मापन गर्ने मापदण्ड एयर क्वालिटी इन्डेक्स, एक्युआई बढेर ५ सय पुगेको सम्बद्ध अधिकारीले बताएका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषण हो ।

    हरियाणा राज्यको नजिक रहेको गुरुग्राम भन्ने नगर र उत्तर प्रदेश राज्यको छिमेकी नगर नोइडाको वायुमा रहेको प्रदुषणको मात्रा यति धेरै पुगेको जनाइएको छ । यी दुई नगरमा लिइएको मापनमा यस्तो अवस्था रहेको स्वास्थ्य तथा वातावरण क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।

    उक्त मापनअनुसार शुन्यदेखि ५० सम्म एक्युआईलाई राम्रो मानिन्छ भने ५० देखि सयलाई सन्तोषजनक मानिन्छ । त्यसैगरी सयदेखि २ सयसम्मलाई मध्यम र २ सयदेखि ३ सय एक्युआईलाई कमजोर मानिन्छ । त्यसैगरी ३ सयदेखि ४ सयसम्म एक्युआईलाई अति कमजोर र ४ सयदेखि ५ सय एक्युआईलाई कडा अर्थात एकदमै खराब मानिन्छ । त्यसभन्दा माथि भए संकटकालीन अवस्थाका रुपमा लिनुपर्ने हुन्छ । एजेन्सी

     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …