• काठमाडौं । नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

    बुधबार बिहान राष्ट्रपति हमिद र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

    नेपाली प्रतिनिधि मण्डलसहित प्रचण्ड होटेल मेरियट पुगेका थिए । हमिलदले आजै अपरान्ह साढे ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    २ बजेर ४० मिनेटमा बजे प्रधानमन्त्री केपी शर्मा ओली, २ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारक मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चारदिने भ्रमणका लागि ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति हमिद मंगलबार नेपाल आएका थिए ।

     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …