मोरङको बिराटनगरमा रहेको नोबेल अस्पतालका सञ्चालक डा. सुनिल शर्माले हरेक क्षेत्रका गरिब तथा असाहयहरुलाई निशुल्क उपचार गर्दै आएको बर्षौ भयो । यहिबिचमा मोरङको क्षेत्र नम्बर ३ अन्र्तगत बेलबारीका हरेक वडामा उनले दिएको दिएको निशुल्क सेवाबाट लाभान्वित हुनेको संख्या गनिसाध्य छैन ।
बेलबारबिाट हरेक दिन नोबेलमा निशुल्क उपचारका लागी आधा दर्जन बढी बिरामी पठाईन्छ । दुर्घटना,गम्भिर प्रकृतिका रोगका बिरामीले त दैनिक सेवा पाएकै छन । त्यसमाथि बेलबारीबाट निशुल्क उपचारका लागी समेत महिनामा ३ सय बढी बिरामीहरु पुग्ने गरेका छन ।
बेलबारीका हरेक वडा र टोलका झुपडीमा पुगेर बिरामीको पहिचान गरी बिरामी पठाउने कार्यमा नेपाली काँग्रेसका जिल्ला सदस्य,शिक्षासेवी तथा समाजसेवी राजकुमार लिम्बु र बेलबारी ४ का समाजसेवी चन्द्र लुङगा अहोरात्र खटिरहेका छन । उनीहरु हरेक बिरामीको घरमा पुगेर उनीहरुको बिस्तृत बिवरण सहित डा. शर्मालाई पठाउने गर्दछन । यसरी निशुल्क रुपमा गरिब तथा असाहयहरुले स्वास्थ्य उपचार पाएको देख्दा आफुलाई मनैदेखि खुसी लाग्ने गरेको लिम्बुद्धय बताउँछन ।