• इटहरी । इटहरी स्थित एकै घरका चार अपाङ्गता भएकाहरूलाइ माता सविता सरु शर्मा आचार्यले सहयोग गरेकी छिन् ।
    इटहरी २ स्थित डम्फुचोकमा लक्ष्मण तामाङ्गका तामाङ्ग परिवारका सबैजना सन्तान अपाङ्गता भएको थाहा पाए पश्चात उनले सो सहयोग गरेकी हुन् । लक्ष्मण तामाङ्गका चार जना सन्तान मध्ये चारैजना अपाङ्ग रहेका छन ।
    तामाङ्ग परिवारमा परेको यो समस्या थाहा पाएर सविता माताका नामले परिचित सविता सरू शर्मा आचार्यले सहयोग स्वरूप ४ वटा व्लाङ्केट र एक बोरा चामल हस्तान्तरण गरिन् र सबै लाइ सहयोगको लागि अपिल समेत गरिन् । उनले पित्री दोशका कारण यस्तो भएको हुन सक्ने भन्दै बताइन् तथापी एकै घरका सबै सन्तानमा यस्तो हुनु कल्पना बाहिरको कुरा हो । नुहाउने, धुवाउने, खुवाउने तथा सरफाईमा तामाङ दम्पति अहोरात्र खटनुपर्छ ।
    दिशा पिसाब पनि सुतेकै ठाँउमा गराउनुपर्छ । उनले भने, केही त्यस्ता आमाबुवाहरू छन् जसले स्वस्थ्य बच्चालाइ समेत लावारिस छोड्ने, जन्मिदै फालिदिने जस्ता घटनाहरू भइरहेको अवस्थामा यस्तो चार जना अपाङ्गता भएका सन्तानको स्याहार सुसार गरेकोमा तामाङ् दाम्पतीलाइ उदाहरणीय आमाबाबु रहेको भन्दै प्रशंसा गरिन्

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …