मोरङको उर्लाबारीमा पूर्वी नेपालकै सुविधा सम्पन्न रोयल हेरिटेज रिसोर्ट सञ्चालन भएको छ । उर्लाबारी—४ सिसौलीमा आइतबार रिसोर्टको उद्घाटन गरिएको छ ।
पथरीका कमल हाङबाङ, उर्लाबारी, मंगलबारेका खगेन्द्र थापा र रोशन हाङबाङको संयुक्त लगानीमा रिसोर्ट सञ्चालन गरिएको हो । एयर कण्डिशनसहितको होटल, ५० जना क्षमताको लज, एक सय ५० जना क्षमताको सेमिनार हल, चिल्ड्रेन पार्क तयार भइसकेको र आगामी बर्ष स्वीमिङ पुल समेत सञ्चालनमा ल्याइने सञ्चालक कमल हाङबाङले बताए ।











