उर्लाबारी । आइतवार राति करिव १० बजे अचेत अवस्थामा खोर्साने केरावारी सडक खण्डमा भेटिएका महेन्द्र धिमालको निश्पक्ष छानविनको माग गर्दै नेपाली कांग्रेशको युवा संगठन नेपाल तरुण दल मोरङ ३ नम्बर क्षेत्रले विज्ञप्ती मार्फत माग गरेको छ ।
नेपाल तरुण दल मोरङ क्षेत्र नम्बर ३ का सह–अध्यक्ष समेत रहेका धिमालको घटनाको प्रकृति हेर्दा सुनियोजीत र शंकास्पद रहेको हुनाले उक्त घटनाको सत्य तथ्य अनुसन्धान गर्न माग रहेको क्षेत्रीय अध्यक्ष छत्र लिम्बुको हस्ताक्षर रहेको उक्त विज्ञप्तीमा उल्लेख छ ।
घाईते धिमालको हाल नोवेल अस्पताल बिराटनगरमा उपचार भईरहको छ । प्रहरीले भने उक्त घटना मोटरसाईकल दुर्घटना भएको हुनसक्ने बताएको छ ।