• सुपरस्टार लियोनल मेस्सीको निर्णायक गोलमा अर्जेन्टिनाले सुपरक्लासिको उपाधि जितेको छ । तटस्थ भेन्यु साउदी अरबमा सुक्रबार राति खेलिएको प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनालले ब्राजिललाई १–० गोलले हराउँदै सुपरक्लासिको अर्थात् मैत्रीपूर्ण खेल जितेको हो ।


    यससँगै अर्जेन्टिनाले ब्राजिलसँग कोपा अमेरिका कपमा हारेको बदला समेत लियो । कोपा अमेरिकाको सेमिफाइनलमा अर्जेन्टिना ब्राजिलसँग २–० गोलले पराजित भएको थियो ।


    रोचक खेलमा अर्जेन्टिनाले पेनाल्टीमा निर्णायक गोल गरेको थियो । लियोनल मेस्सीले १४औं मिनेटमा पेनाल्टीमा गोल गरे । ब्राजिलका एलेक्स स्यान्ड्रोले मेस्सीलाई डिबक्स डिबक्स भित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । मेस्सीको पहिलो पेनाल्टी प्रहार ब्राजिलका गोलरक्षक एलीसनले फर्काए । त्यही रिवाउन्डमा मेस्सीले पुनः गोल गरेका थिए ।


    त्यसअघि ब्राजिलले पनि पेनाल्टीको अवसर खेर फालेको थियो । ब्राजिलका ग्याब्रिएल जेससलाई जर्मन पेजेलाले लडाएपछि रेफ्रीले पेनाल्टी दिए । जेससको पेनाल्टी प्रहार बाहिरिएको थियो ।

    ब्राजिलले त्यसपछि केही राम्रा अवसरमा गोल गर्न नसक्दा हार खेप्न बाध्य बन्यो । अर्जेन्टिीनी मेस्सी करिव चारमहिनापछि टोलीमा फर्किएका हुन् । कोपा अमेरिका कपमा रेफ्री र आयोजकको आलोचना गरेका मेस्सी तीन महिला प्रतिबन्धमा परेका थिए ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…