• कार्तिक ३०, पथरी ।
    पूर्वी मोरङको बिकशित शहरका रुपमा फड्को मारीरहेको पथरी शनिश्चरे नगरापालिकाको पथरी वजार क्षेत्र लागुऔषध कारोबार र प्रयोगकर्ताको केन्द«का रुपमा रहेको सरोकारवालाहरुले बताएका छन् ।
    पथरी बजार मुख्य गरि जाँते, कानेपाखरी, अमरदह, शनिश्चरे र हसन्दह क्षेत्रको व्यापारीक केन्द«का रुपमा रहेको बजार क्षेत्र हो ।
    पथरी बजार क्षेत्रको ३ तिर बन क्षेत्र रहेको छ भने दक्षिणी भु–भाग मात्र खुल्ला रहेको छ ।
    शुक्रबार इलाका प्रहरी कार्यालय पथरीको आयोजनामा पथरीशनिश्चरे नगरको सभाहलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बक्ताहरुले बोल्ने क्रममा सो कुरा बताएका हुन ।
    कार्यक्रममा पूर्व नगर अध्यक्ष पर्शुराम कार्कीले सचेतनाको अभावका कारण १०, ११ बर्षकै उमेरदेखि लागू औषध प्रयोग गर्नेहरुको संख्या बढ्दो रहेको बताए ।


    सोको निराकरणका लागि अहिले सम्म स्थानिय सरकार र प्रशाशनले क्ुनै ठोस कदम नचालेको प्रति ध्यानाकर्षण गराउदै लागुऔषध न्युनिकरण गर्न रणनैनिक कार्ययोजन बनाएर लागु गर्न स्थानिय सरकारलाई अनुरोध गरेका छन् ।
    यस्तै पञ्चायत माविकी शिक्षिका मेनुका राईले विद्यार्थीहरु यौनिक मनोरञ्जनमा विद्यार्थी लाग्ने गरेको बताइन् । विद्यार्थीहरुले घरबाट हिड्ने बेला स्कुल पोसाक लगाएर अर्को जोर लुगा लिएर जाने गरेका छन् ।
    जंगल एरिया भएको कारण घरबाट हिँडेपनि स्कुल नै नपुगी ड्रेस फेरेर जंगल पसेर लागू औषध प्रयोग र यौनिक मनोरञ्जनमा लाग्ने गरेको शिक्षिका राईले बताइन ।
    कानेपोखरी गाउँपालिका र पथरीशनिश्चरे नगरपालिकामा लागूऔषध प्रयोगकर्ता र लागुऔषध कारोबारी दैनिक बढ्दै गएको नगरका जनप्रतिनिधिहरुले बताएका छन् ।
    यस समस्याको हल प्रहरी,जनप्रतिनिधि र स्थानिय मिलेर समधान गर्नुपर्ने सबै बक्ताहरुले बताएका थिए । इप्रका पथरीका डिएस्पी लक्ष्मिराज अधिकारीले लागू औषध प्रयोगकर्ता घट्नु पर्नेमा बढ्दै गएकोमा सबै लागेर न्युनीकरण गर्नुपर्ने बताए ।
    यस्तै नगर प्रमुख दिलिपकुमार राईले सार्वजनिक सुनुवाईमा लागुऔषधको समस्या मुख्य रुपमा उठेपछि सोको समाधान गर्नका लागि आगामी दिनमा लागू औषध प्रयोगकर्ता घटाउन नगरले चाडै अभियान सञ्चालन गर्ने बताए ।
    यस्तै कार्यक्रममा पथरीबजारमा दिनदिनै ट्राफिक जाम पनि ठुलै समस्या बन्दै गएको गुनासो उठाएको थियो ।
    बजारको सडकमै पसल राख्ने, ट्याम्पु, सिटी रिक्सा जहाँ पायो त्यही रोक्ने र ब्यापारीक सामान लोड अनलोड गर्दा बजारमा एक घण्टासम्म ट्राफिक जाम हुने गरेको स्थानिय नरेश घतानिले बताए सोको निराकरण लागि स्थानिय सरकार र स्थानिय प्रशाशनले ध्यान दिनुपर्ने औल्याका थिए ।


    इलाका ट्राफिक प्रहरी कार्यालय पथरीबजारमै भएपनि उनिहरु सडकमै सिमित रहेको बक्ताहरुले बताएका थिए । हप्तामा दुईपटक लाग्ने पथरी बजारमा यसको समस्याको हल ट्राफिक प्रहरीले गर्नुपर्ने सहभागि हरुले बताएका छन् ।
    कार्यक्रमा पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकाको जनप्रतिनिधिहरु, संघरसंस्थाको नेताहरु, शिक्षक र सामाजिक क्षेत्रको अगुवाहरुको सहभागिता रहेको थियो ।
    मोरङ जिल्लाको सुरक्षा संवेदनशील क्षेत्रको रुपमा रहेको इलाका प्रहरी कार्यालय पथरीमा २०७६ असोज ७ गतेको मन्त्रीपरिषदको निर्णयले प्रहरी नायव उपरिक्षक (डीएसपी) को दरबन्दीमा ६० जना प्रहरी रहने व्यवस्था गरिएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …