•  

    धेरैले चुइगमको रस सकिएपछि बाँकी रहेको छोक्रा जहाँ पायो त्यहीँ फाल्ने या टाँसेर छाडिदिने गर्छन् । यस्तो चुइगम कपडामा टाँसिएमा हटाउन भने निकै नै समस्या हुन्छ । जसले गर्दा महँगो मूल्यमा खरिद गरेको पहिरन लगाउनै नपाउने अवस्था उत्पन्न हुन सक्छ ।

    चुइगमलाई कपडाबाट हटाउने तरिका थाहा नहुँदा झनै यस्तो समस्या हुने हो । टाँसिएको चुइगमलाई कपडामा असर नपर्ने गरी हटाउने केही तरिका यस्ता छन् :

    चुइगम टाँसिएको कपडालाई हेयर ड्रायरको मद्दतले सजिलै हटाउन सकिन्छ । ड्रायरबाट निस्कने तातो हावाले चुइगमको ग्लु कमजोर बनाइदिन्छ । तर, ड्रायर चलाउँदै गर्दा आफ्नो हात र कपडालाई तातोको जलनबाट भने जोगाउनुपर्छ । सिल्कको कपडामा चुइगम टाँसिएको छ भने यो विधि प्रयोग नगर्नु नै उत्तम हुन्छ ।
    चुइगम लागेको स्थानमा लन्ड्री साबुन प्रयोग गरेर पनि हटाउन सकिन्छ । चुइगम टाँसिएको स्थानमा लन्ड्री साबुन लगाएपछि टुथब्रसको मद्दतले चुइगम लागेको स्थानमा रगड्ने । यसलाई निरन्तरता दिँदा चुइगमको ग्लु कमजोर हुन्छ र कपडा सफा हुन्छ ।
    चुइगम लागेको कपडामाथि कार्डबोर्ड राख्ने । त्यसमाथिबाट तातो आइरनले कपडा प्रेस गर्ने । तातो आइरनले गर्दा चुइगमको टाँसिने शक्ति कमजोर बनाइदिन्छ । जसले गर्दा चुइगम कपडाबाट छुट्टिन्छ र कपडा सफा हुन्छ ।
    कपडामा लागेको चुइगम हटाउन आइस प्याक पनि उपयोगी हुन्छ । त्यस्तो कपडालाई दुईवटा आइस ब्यागको बीचमा राख्ने । धेरै चिसोले गर्दा चुइगम निकै कडा हुन थाल्छ । निकै कडा भएपछि चुइगम आफैँ कपडाबाट छुट्टिएर खस्छ ।
    सफा भाइनेगरलाई तातो बनाएर चुइगम टाँसिएको स्थानमा रगड्ने । यसो गर्दा पनि सजिलै कपडाबाट चुइगम हटाउन सकिन्छ ।

     

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…