बंगलादेशमा प्याजको हाहाकार भएको छ। प्याजको मूल्य आकासिएपछि प्रदर्शन समेत सुरु भएको छ । केही समयअघि प्रतिकेजी ३० टका रहेको प्याजको भाउ बढेर आज २ सय ६० टका पुगेको छ । बंगलादेश सरकारले खपत धान्नका लागि हवाईजहाजमा राखेर प्याज आयात गरिरहेको छ ।
एजेन्सी । बंगलादेशमा प्याजको हाहाकार भएको छ। प्याजको मूल्य आकासिएपछि प्रदर्शन समेत सुरु भएको छ । केही समयअघि प्रतिकेजी ३० टका रहेको प्याजको भाउ बढेर आज २ सय ६० टका पुगेको छ । बंगलादेश सरकारले खपत धान्नका लागि हवाईजहाजमा राखेर प्याज आयात गरिरहेको छ ।
महंगीका कारण मानिसहरुले प्याजको उपभोग नै गर्न सकिरहेका छैनन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदका डेपुटी प्रेस सेक्रेटरी हसन जाहिदले हवाईजहाजबाट प्याजको आयात गरिरहेको बताएका छन् । प्रधानमन्त्री हसिनाले आफ्नो खानामा प्याजको प्रयोग नै बन्द गरेको जाहिदलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ ।
बंगलादेशका रेस्टुरेन्टहरुमा पनि प्याजको प्रयोग घटेको समाचारमा जनाईएको छ । प्याजको मूल्यलाई लिएर राजधानी ढाकामा उपभोक्ताहरुले विरोध प्रदर्शन सुरु गरेका छन्। बंगलादेशको प्रमुख विपक्षी पार्टीले पनि प्याजको मूल्यविरुद्ध आज देशव्यापी प्रदर्शनको घोषणा गरेको छ ।
सरकारलको गलत नितीका कारण देशमा तरकारीको भाउ आकासिएको विपक्षी पार्टीको आरोप छ । बंगलादेशले अहिले म्यानमार, टर्की र इजिप्टबाट प्याजको आयात गरिरहेको छ। उपभोक्तालाई राहत दिनका लागि सरकारी संस्थान ट्रेडिङ्ग कर्पोरेशन अफ बंगलादेश टीसिबीले ढाकामा ४५ टका प्रतिकिलो प्याज विक्री गर्न थालेको छ ।
भारतले मूल्य बढेपछि गत सेप्टेम्बरदेखि निर्यात नै रोकिदिँदा पनि बंगलादेशमा असर परेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। भारतमा मनसुनी बर्षापछि ठूलो परिमाणमा प्याजको उत्पादन घटेको थियो ।