बेलबारी । सीमा अतिक्रमणका बिरुद्ध मोरङको बेलबारीमा रहेका बिभिन्न संघसंस्थाहरुको सामुहिक आयोजनामा बिशाल प्रर्दशन सहित नाराबाजी गरिएको छ ।
केही साताअघि भारतले नेपालको कालापानी,लिपुलेक,लिम्पियाधुरा सहितका भुमिलाइ आफनो देशको नक्सामा समाबेश गरी नयाँ नक्सा सार्बजनिक गरेको बिरोधमा बेलबारीका संघसंस्थाहरुले सोमबार सामुहिक बिरोध प्रर्दशन सहित भारतबिरुद्ध नाराबाजी गरेका छन ।
बेलबारी १ स्थित दुर्गा मन्दिरबाट शुरु भएको नाराबाजी सहितको प्रर्दशन बेलबारी २ लालभित्ति सम्म पुगेर बेलबारी ३ स्थित पश्चिम बस स्टेण्डमा आई कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने बत्ताहरुले नेपालको भुमि मिचिएकोमा कडा शब्दमा भारतको बिरोध गरेका छन । उनीहरुले मिचिएको नेपाली भुमि फिर्ता हुनुपर्ने समेत माग गरेका छन ।
बिरोध प्रर्दशनमा बेलबारीबासीहरुको संख्या कम देखिएपनि बिभिन्न बिद्यालयका बिद्यार्थीहरुको भने उल्लेख्य सहभागिता रहेको थियो । बिद्यार्थीहरुले कालापानी सहितका भुभाग नेपालको भएको भन्दै भारतबिरुद्ध नाराबाजी समेत गरेका थिए । बिरोध प्रर्दशनमा बेलबारीका झण्डै एक दर्जन बिद्यालयका हजारौ बिद्यार्थीहरुको सहभागिता रहेको थियो । सम्पुर्ण संघसंसस्थाको सामुहिक कार्यक्रम भनिएपनि संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति भने न्युन रहेको थियो ।
यसअघि बेलबारीमा बेलबारी साहित्य बिकास समिति लगायतका संस्थाहरुले सीमा अतिक्रमणका बिरुद्ध साहित्यिक कार्यक्रम आयोजना गरी साहित्य मार्फत बिरोध जनाईसकेका छन