•  

    चुलाचुली । इलामको दक्षिणी चुलाचुली गाउँपालिका ४ मा माङ्हिमको भौतिक विकास सहयोगार्थको लागि खेलिएको देउसे भैलो कार्यक्रमले ४ लाख बढी संकलन गरेको छ ।

    चुलाचुली गाउँपालिका वडा नं. ४ सुम्निमा टोल अवस्थित रहेको किराँत हाङ्साम युमा माङ्हिमको सहयोगार्थको लागि आयोजना गरिएको देउसी भैलो–२०७६ ले ४ लाख १८ हजार ४ सय ९४ रूपैयाँ नगद संकल गरेको थियो  ।
    देउसीको रकमबाट माङ्हिमकै लागि १ लाख ८० हजारको साउण्ड सिस्टम, १३ हजारको नाचका लागि सामग्री, ७ हजारको बत्ती खरिद गरिएको देउसे भैले नाँच समितिका अध्यक्ष भिम ब. फागोले जानकारी गराएका छन् ।

    आय र व्यय बराबरी भएको देउसे भैले नाचको कात्र्तिक ३० गते साँझ माङ्हिमकै परिसरमा नयाँ निमार्ण गरिएको मञ्चमा विर्सजन गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि रहेको चुलाचुली वडा नं. ४ अध्यक्ष कालिदास भट्टराईद्वारा माङ्हिमको लागि जग्गा दान गर्नु हुने जग्गादात्ता गजेन्द्र पदालुङ, जसमती राई, विशाल हाङसुरूम्बा, पुर्णा पन्धाक, डम्बर हाङसुरूम्बा गरि पाँच जनालाई दोसला ओडाएर सम्मान गरिएको थियो ।

    यस्तै देउसे नाचमा उत्कृष्ट सहयोगीदाता माङ्सेबुङ गापा वडा नं. ३ का देउमान आङबोहाङले ५५००, बेलडाँगी २ का बादल सुब्बाले ५५००, बेलडाँगी २ का हेमराज लिम्बूले ५०५० रूपैयाँ सहयोग गरेकामा तीनै जनालाई सम्मानित गरिएको थियो ।
    उक्त देउसे नाँचको नत्य निर्देशक सौगात राई, लक्ष्मी चाम्लिङ सहित कलाकारहरूलाई प्रमाणपत्र, मायाको चिनो विशिष्ट अतिथि समाजसेवी राजेन्द्र केरूङ, सेवा सावा दिलिप कुमार सम्हाम्फेद्वारा वितरण गरिएको देउसे नाचका सचिव तथा कार्यक्रम संचालक सुमन हाङसुरूम्बाले जानकारी गराएका छन् ।

    हाल सम्म पाँच कठ्ठा जमिन रहेको किराँत हाङ्साम युमा माङ्हिम को २०७३ कार्तिक २५ गते पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ, डाः चन्द्रकुमार शेर्मा, प्रदेश सासंद धिरेन्द्र शर्मा लगायले उद्घाटन गरेका थिए ।
    उक्त माङ्हिमको लागि विनोद पदालुङ र जीवन पदालुङले आफ्नी स्वार्गिय आमा आशारानी पदालुङको नाममा कार्यक्रम गर्ने मञ्च निमार्ण सहयोग गरिएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…