• उर्लाबारी, २० पुस । देशकै चर्चित संगीत समुह नेपथ्य ब्याण्डले झापाको दमकमा पहिलोपल्ट गर्न लागेको साङ्गीतिक प्रस्तुतिको तयारी पुरा भएको आयोजकले बताएका छन्।

    यही पुस २८ गते झापाको दमकस्थित सरस्वती माध्यमिक बिद्यालयको प्राङ्गणमा हुन लागेको साङ्गीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजक मध्येको एक पुर्वाञ्चल रक्सका रोहन लिम्बुले जानकारी गराए।

    पुर्वाञ्चल रक, जय मिडिया म्यानेजमेण्ट र थ्रि इंकं भिजनले संयूक्त संयोजकत्वमा ब्याण्डको २५ औं स्थापना दिवशको अवसरमा साङ्गीतिक कार्यक्रमको आयोजना गर्न लागिएको छ।

    यहाँ कम्तिमा ४ हजार दर्शक स्रोताको उपस्थिति हुने अनुमान गरिएको कार्यक्रममा नेपेथ्यलाई पहिलोपल्ट झापा ल्याउन २० लाख ३४ हजार लगानी गरिएको थाहा भएको छ।

    कार्यक्रममा गायक अमृत गुरुङले बिभिन्न समयका चर्चित गीतहरुले दर्शक स्रोताको मन जित्ने अपेक्षा गरिएको छ । टिकट बिक्रीका लागी पूर्वाञ्चलका बिभिन्न २० वटा शहरहरुमा बिक्री केन्द्र छुट्याइएको पूर्वाञ्चल रक्सका लिम्वुले जानकारी गराए। बिद्यार्थीका लागि ५ सय र अन्य दर्शकाका लागि १ हजार रुपैयाँ टिकट मुल्य राखिएको अर्का आयोजक जय मिडिया म्यानेजमेण्डका जयराज रायले बताए।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…