• विराटनगर । सेवाग्राहीबाट घुस लिदालिदै मोरङ जहदा गाउँपालिका १ का कार्यबहाक वडा अध्यक्ष उमेशकुमार साह पक्राउ परेका छन ।
    अख्तियार अनुन्धान आयोग प्रदेश १ कार्यलय इटहरीले साहलाई पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले साहलाई २१ हजार घुस सहित वडा कार्यालय भित्रैबाट रंगेहात मंगलबार पक्राउ गरेको हो । सडक स्तरोन्नतीका लागि दुई लाख रुपैयाँको योजना सम्झौता गर्ने क्रममा साहले घुस मागेको आयोग इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले बताए ।
    एक दिन ढिलो मंगलबार सम्झौता गर्न आएको भन्दै साहले माग गरेको २० हजारमा एक हजार थप गरेर २१ हजार रुपैयाँ माग गरेको पुष्टि भएको प्रवक्ता ढकालले बताए ।वडा अध्यक्ष प्रदीप यादव हत्या अभियोगमा लामो समयदेखि फरार छन् । विराटनगर महानगरपालिका–१४ का समानन्द मण्डलको गत जेठ ३२ गते गरिएको कुटपिटका कारण असार २७ गते मृत्यु भएको घटनामा प्रदीप मुछिएका छन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …