• काठमाडौं । ट्राफिक प्रहरीले अर्काको नाममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि ट्रायल दिने तीन नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ट्रायल सेन्टरमा अर्काको नाममा मोटरसाइकलको लाइसेन्सको ट्रायल दिन आएका तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुल्मीका रेशम बस्नेत, पर्साका सुमन भन्ने जयराम श्रेष्ठ र कैलालीका कर्णबहादुर विक रहेका छन् ।

    पक्राउ परेका बस्नेतले गुल्मीका थमन बस्नेत, श्रेष्ठले रामेछापका रमेश थापा र विकले लमजुङका चन्द्रबहादुर गुरुङको लाइसेन्सका लागि ट्रायल दिन आएका थिए ।

    महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले भक्तपुर, सुकेधारा र एकान्तकुना ट्रायल सेन्टरबाट उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…