• उर्लाबारी । मोरङ, उर्लाबारी–९ भोटेपुल घर भई काठमाण्डौमा हाउजिङ्ग व्यवसाय गर्दै आउनुभएका समाजसेवी सुन्दर श्रेष्ठले निजी लगानीमा स्थानीय एक विद्यालयमा भौतिक संरचना निर्माण गर्नुभएको छ । उहाँले उर्लाबारी–९ स्थित खोपिडाँडामा रहेको प्रभात आधारभुत विद्यालयमा दुई लाख ७४ हजार ३८० रुपैयाँ निजी लगानी गरी बिभिन्न भौतिक संरचना निर्माण गरी सहयोग गर्नुभएको हो । समाजसेवी श्रेष्ठले विद्यालयमा पर्खाल र मञ्च निर्माण गरिदिनुका साथै रङरोकन तथा घेराबारा निर्माण गरिदिनुभएको विद्यालयका प्रधानाध्यापक मोहन चापागाईले जानकारी दिनुभयो । आफूले निर्माण गरेको भौतिक संरचना आज एक कार्यक्रमका बीच समाजसेवी श्रेष्ठले विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ । सो विद्यालयका पूर्व विद्यार्थी समेत रहनुभएका श्रेष्ठले आफू पढेको विद्यालयको स्तरोन्नती गर्नु आफ्नो पनि कर्तव्य सम्झेर सहयोग गरेको उल्लेख गर्नुभयो । बाल्यअवस्थामा अध्ययन गर्दा विद्यालयमा भौतिक सामग्री अभावका कारण ज्यादै कठिनाई भोग्नुपरेको सुनाउँदै समाजसेवी श्रेष्ठले नयाँ पीँढीले त्यस्तो कठिनाई भोग्नु नपरोस् भनी सहयोग गरेको बताउनुभयो ।

    https://www.youtube.com/watch?v=CWSIXu66jw8

     

    विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर बृद्धिका लागि भविष्यमा पनि सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । सो कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले विद्यालयमा भौतिक संरचना निर्माण गरी सहयोग पुर्याउने समाजसेवी श्रेष्ठलाई धन्यवाद दिनुभयो । उहाँले सहयोगदाताहरुको संख्या बढ्दै गएमा समाजमा भौतिक पूर्वाधार निर्माण गर्न समस्या नपर्ने बताउनुभयो । नगर प्रमुख फागोले नगरपालिका भित्रका २२ वटा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सञ्चालन गर्न नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । विद्यालय व्यस्थापन समितिका अध्यक्ष रुद्र सुब्बाको अध्यक्षतामा भएको सो कार्यक्रममा अरनिको मावि दुर्गापुरीका प्रधानध्यापक कोमलप्रसाद खतिवडा, युवा समाजसेवी युवहाङ तुम्बाहाङफेलगायतले बोल्नुभएको थियो ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…