• काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतको न्यायाधीशमा १५ जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

    बुधबार बसेको परिषद् बैठकले जिल्ला न्यायाधीशबाट ६ जना, महान्यायाधीवक्ता कार्यालयमा कार्यरत सहसचिवबाट १ जना र अधिवक्ताबाट ८ जनालाई उच्च अदालतमा सिफारिस गरेको हो ।

    परिषदले मंसिरभित्रै रिक्त हुने पदहरुमा समेत अहिल्यै न्यायाधीश सिफारिस गरेको छ । परिषदले जिल्ला न्यायाधीशहरु किरणकुमार पोखरेल, मुरारीबाबु श्रेष्ठ, सुदर्शनराज पाण्डे, दीपेन्द्र अधिकारी, रमेशराज पोखरेल र नरिश्वर भण्डारीलाई उच्च अदालतको न्यायाधीश सिफारिस गरेको हाे ।

    उच्च अदालतका लागि जिल्ला न्यायाधीशका रूपमा ५ वर्ष काम गरेकोलाई वा अधिवक्ताको रूपमा निरन्तर कम्तीमा १० वर्ष वकालत गरेको वा कानुनको क्षेत्रमा निरन्तर १० वर्ष अध्यापन/अन्वेषण गरेको वा राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारीको रूपमा कम्तीमा ५ वर्ष काम गरेको व्यक्तिलाई उच्च अदालतको न्यायाधीश नियुक्ति गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

    हेर्नुहाेस् सुचीः

    1574272544Website (1)

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …