• एजेन्सी । नियमित व्यायाम गरेर वा खेल खेलेर शरीरलाई स्वस्थ, फुर्तिलो र सुन्दर बनाउन सकिन्छ । रोगको प्रभाव कम गर्न सकिन्छ । रगत शुद्धीकरण र रक्तचाप सन्तुलनमा राख्न व्यायाम महत्वपूर्ण सावित हुन्छ । हाड, जोर्नी र पाचन प्रणालीलाई मजबुत बनाउन पनि यसको भूमिका रहन्छ । नियमित व्यायाम गर्नेले यी ३ कुरामा भने विशेष ध्यान पु-याउनुपर्ने हुन्छ ।

    १.सन्तुलित भोजन

    खाली पेटमा व्यायाम गर्नुहुँदैन । त्यस्तै, खाना खानेबित्तिकै पनि हुँदैन । व्यायाम गर्नुभन्दा एक घन्टाअघि काब्रोहाइड्रेट, प्रोटिन, क्याल्सियमयुक्त खानेकुरा खानु राम्रो हुन्छ । चना, दूध, अन्डा, ओट्स, ब्राउनब्रेड, बदाम, काजु, किसमिस, ओखर, फलफूल आदिले शरीरको प्राकृतिक शक्ति र दिमागको कन्सन्टेर्«ट पावर बढाउन भूमिका खेल्छन् । व्यायामपछि पनि प्रोट्रिनयुक्त खानेकुरा वा प्रोट्रिन सेक लिनुपर्छ । नियमित व्यायाम गर्ने व्यक्तिले बिहानदेखि बेलुकासम्म तीन घन्टाको फरकमा दिनको ६ पटक प्रोटिनयुक्त खानेकुरा खाँदा राम्रो हुन्छ ।

    २.प्रशिक्षकको निगरानी

    प्रशिक्षकको प्रत्यक्ष निगरानीमा व्यायाम गर्नु राम्रो हुन्छ । शरीरलाई वार्मअप र स्ट्रेचिङ नगरी अभ्यास गर्दा मांसपेशी फाट्ने समस्या देखिन सक्छ । आफ्नो शरीरको तौलअनुसार कार्डियो, जम्पिङ, फास्ट ट्रयाक अभ्यास, हेभी जिम, लाइट जिम आदि गर्नुपर्ने हुन्छ । प्रशिक्षकको निगरानीमा अभ्यास गर्दा यी कुरा बुझ्न सहज हुन्छ । प्रशिक्षकको सल्लाहले डाइट प्लान तयार गर्न पनि सहज हुन्छ । ज्यान घटाउने वा बढाउने भन्दैमा मनपरी तरिकाले अभ्यास गर्नु राम्रो होइन । कुन अभ्यास गर्दा कस्तो पोजिसनमा बस्ने, कतिवेला सास तान्ने र छाड्ने भन्ने जानकारी हुनुपर्छ । गलत तरिकाले अभ्यास गर्दा ढाड सड्किने, हातका जोर्नी र कुम दुख्ने, घुँडा दुख्ने, शरीर बिग्रने आदि समस्या देखिन सक्छन् ।

    ३. समयसीमा निर्धारण

    निश्चित समयसीमा निर्धारण गरेर सधैँ उही समयमा अभ्यास गर्दा राम्रो नतिजा निस्कन्छ । हामीले दैनिक एकदेखि दुई घन्टासम्म कुनै पनि शारीरिक अभ्यास गर्न सक्छौँ । दैनिक ३० मिनेट टे«ेडमिलमा वाकिङ गर्ने, १० देखि १५ मिनेट स्ट्रेचिङ गर्ने, शरीरका सम्पूर्ण माशंपेशीको मिक्स कार्यक्रम ( कक्टेल प्रोग्राम) गर्दा राम्रो हुन्छ । जिमका सबै प्रोग्राम गर्नुपर्छ भन्ने होइन । हल्का अभ्यास गरेर पनि शरीरलाई स्वस्थ र सुन्दर राख्न सकिन्छ । तर, नियमित रूपमा भने गर्नुपर्छ ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…