• मंसिर ६ पथरी ।
    मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको अगुवाईमा नगर क्षेत्रका बजारको सडक क्षेत्रमा राखिएका पसलहरु हटाएर ट्राफिक व्यवस्थापनको अभियान थालिएको छ ।
    साप्ताहिक रुपमा २ पटक लाग्दै आएको पथरी बजारमा सागुरो बाटोका कारण सर्वसाधणको आवगमनमा समस्या भएपछि बजारको सडक किनारमा फिजाएर राखिदै आएको घुम्ति पसल हटाउन थालिएको हो ।


    नगरपालिका, इलाका प्रहरी पथरी, ट्राफिक प्रहरी र पथरी उध्योग वाणिज्य संघले संयुक्त रूपमा सडक क्षेत्रमा राखिएका पसलहरु हटाउने अभियान सुरु भए सगै स्थानिय व्यापारी र सर्वसाधण भने खुसी देखिएका छन्
    पालिकाको १० वटा मध्येको मुख्य बजार क्षेत्रमा रहेको वडा नम्वर १ मा यो अभियान थालिएको हो ।  अभियान स्थानिय सरकार, प्रहरी प्रशाशन र वाणीज्य संघको सयुक्त पहलमा सुरु गरिएको हो ।
    पथरीको सडकहरुमा जथाभावी पसल राख्ने, ट्याम्पु, सिटी रिक्साले पसल पसलमै यात्रु चढाउने, ओराल्ने र ब्यापारिक सामान लोड अनलोड गर्नाले ट्राफिक जाम बढ्दै गएपछि सोको निराकरणका लागि अभियान थालनी गरिएको वडा अध्यक्ष बाबुराम ऐङदेनले बताए ।


    बजारलाई मुख्य सडक सग जोड्ने चौवाटो त्यसैगरि बिष्ट लाईन, बजार लाइन र जाम हुने विभिन्न स्थानमा ३० वटा नो पार्किङ स्टेन राखेर टा«फिक व्यावस्थापन गरिएको छ ।
    ट्राफिक सचेतनाको लागि स्टेन राखिएको र पार्किङ निषेध क्षेत्रमा सवारी रोके वा पसल राखेमा नगरपालिका, प्रहरी, उद्योग वाणिज्य संघले नियम बनाएर जरिवाना राख्न सकिने ट्राफिक प्रहरी प्रमुख मनिराम कोइरालाले जानकारी दिए

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …