• उर्लाबारी:विपन्न तथा गरिब समूदायलाई लक्षित गर्दै न्यानो अभियान नेपाल, उर्लाबारीले कम्बल र ज्याकेट वितरण गरिरहेको छ ।
    जाडोमा केही हदसम्म भएपनि राहत महशुस गराउने हेतुले जेष्ठ नागरिकहरुलाई कम्बल र बालबालिकाहरुलाई ज्याकेट वितरण गरिरहेको हो । यसैक्रममा शनिबार उर्लाबारी–९ मौलिबारीका २२ परिवारलाई कम्बल र १८ परिवारका बालबालिकाहरुलाई ज्याकेट प्रदान गरिएको न्यानो अभियान नेपालका कार्यक्रम संयोजक सरोज बस्नेतले जानकारी दिएका छन् । उर्लाबारी परिवार हङकङका सल्लाहकार पूर्ण वाइबाको प्रमुख आतिथ्यता भएको उक्त कार्यक्रममा महिला नेतृ तथा उर्लाबारी वडा नं. ७ की वडा सदस्य शोभितमाया तामाङ (सावित्रा), स्थानीय युवा रमेश बस्नेतलगायतले बोल्दै जाडोको समयमा विपन्न तथा गरिब परिवारलाई न्यानो कपडा वितरण गर्नु उदाहरणीय कार्य भएको बताएका छन् । न्यानो अभियान नेपालका अध्यक्ष पूर्ण सिंगक लिम्बूको सभापतित्वमा भएको उक्त कार्यक्रम महासचिब तेजन खड्काले सञ्चालन गरेका थिए

    । न्यानो अभियानका सल्लाहकार ज्ञानु योञ्जन, बरिष्ठ उपाध्यक्ष सञ्जिब बुढाथोकी, सदस्यद्वय कृष्ण वाइबा, शंकर निरौला, स्थानीय युवा झविन आलेले कम्बर तथा ज्याकेट वितरण गरेका थिए । यसअघि उर्लाबारी–८ को बगर टोल र उर्लाबारी–४ को बक्राहा बाँधमा न्यानो कपडा वितरणसहित गोदावरी हस्पिटल उर्लाबारीको सहयोगमा स्वास्थ्य शिबिर गरिएको सदस्य विवेक हिङमाङले जानकारी दिएका छन् । न्यानो अभियान नेपालले विगत चार बर्ष निरन्तर सामाजिक सेवा अन्तरगत प्रत्येक बर्ष कम्बल र ज्याकेट वितरण गर्दै आएको छ । यसैगरी शनिबारै न्यानो अभियान नेपाल उर्लाबारीले सिद्देश्वर शिबबाबा धाम उर्लाबारी–६ लाई १० थान कम्बल सहयोग गरेको छ । न्यानो अभियानका अध्यक्ष पूर्ण सिंगक लिम्बू, उपाध्यक्ष सरोज बस्नेत र सल्लाहकार पूर्ण वाइबाले धामका अध्यक्ष दुर्गाप्रसाद खतिवडालाई कम्बल हस्तान्तरण गरेका हुन् । उक्त कम्बल धाममार्फत जेष्ठ नागरिकहरुलाई प्रदान गरिएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…