• काठमाडौँ । राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रले निःशुल्क तालिम दिने भएको छ । केन्द्रको चौथो चौमासिक अवधिमा सीप अभिबृद्धि तालिम (एड्भान्स) र सीपमुलक तालिम (बेसिक) दिन लागिएको हो ।
    सीप अभिबृद्धि तालिम अन्तर्गत प्याट्रन सिलाइ कटाइ (एडभान्स), फेसन डिजाइनिङ, बेकरी एड्भान्स र ब्यूटिसीयन एडभान्स रहेका छन् ।
    यस्तै बेसिक सीपमुलक तालिम अन्तर्गत हाते इम्ब्रोइडरी, मेसिन इम्ब्रोइडरी, मोबाइल मर्मत, मोटरसाइकल मर्मत, प्लम्बिङ, हाउस वाइरिङ, डल बनाउने, खाद्य प्रशोधनलगायतका २० किसिमका तालिम तय गरिएको छ ।
    तालिममा छनोट गर्दा मधेसी, अपाङ्ग दलित, जनजाती, सहिद परिवार र पिछडिएका वर्ग एवम् क्षेत्रका व्यक्तिहरु र एड्भान्स तालिमको हकमा बेसिक तालिम प्राप्त गरी आयआर्जनमा संलग्नलाई विशेष प्राथमिकता दिइने केन्द्रले जनाएको छ ।
    इच्छुक उम्मेदवारले मंसिर २० भित्र केन्द्रको कार्यालय त्रिपुरेश्वर, काठमाडौँमा आवेदन दिनुपर्ने शुक्रबार प्रकाशित भएको सूचनामा उल्लेख गरिएको छ ।


सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…