काठमाडौं : प्रधानमन्त्री केपी ओलीले प्रतिफल निस्कने गरी काम गर्न मन्त्रीलाई निर्देशन दिएका छन्। काम गरे नसकिने होइन भन्दै उनले जनताले प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बिहीबार साझ बसेको पुर्नगठित मन्त्रिपरिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्त्रालयको चौमासिक समीक्षा बैठकमा आउँदा आफ्ना कार्ययोजना ल्याउन ओलीले निर्देशन दिए।
‘चार दिनपछि चौमासिक समीक्षा बैठक हुन्छ, बैठकमा प्रष्ट कार्यायोजना लिएर आउनुहोला। त्यस अनुसारको काम भए नभएको हेरेर फागनुसम्ममा सबैको मूल्यांकन हुन्छ,’ प्रधानमन्त्री ओलीले भने। सरकारको चौमासिक समीक्षा बैठक चार महिनामा बस्दै आएको छ।
 
ओलीले चिनियाँ राष्ट्रपति नेपाल आउँदा रातारात काम गर्न सक्ने अरु बेला नसक्ने भन्ने कुरा अब आफूलाई सहिय नहुने भन्दै प्रतिफल निकाल्ने गरी काम गर्न मन्त्रीलाई निर्देशन दिएका हुन्।
‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला काठमाडौंका सडक ७ दिनभित्र सफाचट र टिलिक्क हुन सक्ने अरु बेला किन हुन नसक्ने भन्दै जनताले प्रश्न गरेका छन, अब दायाँबायाँ, यताउता केही छैन, सडक त्यस्तै बनाउनुहोस सडकको काम असरल्ल बनाउने होइन, आइन्द यस्तो हुनु हुँदैन,’ प्रधानमन्त्रीले मन्त्रीलाई निर्देशन सुनाउँदै एक मन्त्रीले भने।
सरकारको नेतृत्व गरेको २१ महिनापछि मौजुदा मन्त्रिपरिषदका ६ मन्त्री र ३ राज्यमन्त्रीलाई पदमुक्त गरी नयाँ मन्त्री नियुक्त गरेपछि ओलीले पहिलो पटक मन्त्री हरुलाई निर्देशन दिएका हुन्।
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        