• झापा ।झापाको गौरादहमा हुन लागेको एक कार्यक्रममा पाथिभरा, लुम्बिनी जोन र मुक्तिनाथलाई एकै ठाँउमा समेटिएको छ । कार्यक्रमलाई बृहत बनाउन आयोजकले पुरानो अवधारणलाई चिर्न यस्तो गरेका हुन् ।आयोजकले नेपालकै प्रसिद्ध मठमन्दिरलाई एकै ठाँउमा अटाएका छन् ।

    झापाको गौरादहमा मंसिर ८ देखि १६ गतेसम्म हुने आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महोत्सव २०७६ गौरादह भक्तजनले ताप्लेजुङको पाथिभरा देवीको दर्शन यहि गर्न सक्नेछन्। त्यसैगरी सानो 'लुम्बिनी जोन' बनाइएको छ ।मुक्तिनाथको प्रतिक स्वरुप १०८ धारा पनि व्यवस्था गरिदैछ ।

    साथै पशुपतिमा गरिदै आएको महाआरती प्रत्येक दिन ५ बजेदेखि ६:३० मा राखिएको छ । विभिन्न जातजातिका विभिन्न सांस्कृतिक मौलिक कला प्रस्तुती ६:३० देखि ७:३० को समयमा प्रस्तुति गर्ने तयारी गरिएको छ ।

    गौरादहमै एक नौलो कार्यक्रम हुन लागेकाले पनि स्थानीयहरुमा सकरात्मक छाप परेको पाइन्छ ।कार्यक्रममा गौरादहबासीले उत्साहजनक सहभागिता जनाएका थिए ।

    नेपल मानव धर्म सेवा समिति गौरादहको संयोजकत्वमा आयोजीत कार्यक्रम एतिहासीक तथा भव्य बनाउने तयारी छ । महोत्सवलाई भव्य र सफल बनाउन सबैको सहयोग चाहिएको महोत्सवकी संरक्षक गौमुखी बाइजीले बताइन् ।उनले भनिन्,'यस कार्यक्रममा गौरादहबासी लगायत सबै मानिसहरुको साथ चाहिन्छ । एउटा गुरु दरबार बनाउने सोच हो हामी सबैको, सबैको साथ सहयोगको महसुस गरेका छौ । तन-मन-धन सहयोग गर्न अनुरोध गर्दछु।'

    महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सव मूल समारोह समितिका अध्यक्ष डा. तिलक खनालले बताए ।अध्यक्ष डा. खनालले बाकी रहेका केहि कुराहरु आज बेलुकासम्ममा सबै सकिने सुनाए।

    सम्पूर्ण नेपली गौरादहबासी लगायत आशपासका बासीन्दाहरुलाई एक पटक आएर आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महोत्सवको अवलोकन गरिदिन अध्यक्ष डा. खनालको अनुरोध छ । उनले भने,' यसले हामीलाई नकरात्मक उर्जालाई सकारात्मक उर्जाले भर्ने हाम्रो अभियान हो र यसलाई सफल पारौ । सुसंस्कृत समाज बनाउने यसलाई अभियानका रुपमा अगाडि बढाइ रहेका छौ । यसलाई संस्कृतिक क्रान्ति, मनोक्रान्तिको एउटा बिगुल फुक्ने काममा सहभाति भएर सुसंस्कृत समाज बनाउने अभियानमा लागौ भन्ने अुरोध छ ।'

    साथै महोत्सवको पूर्वसन्ध्यामा बृहत नगर सरसफाइ गरिएको छ । शनिबार बिहान ७ बजेदेखि गौरादह नगरमा सरसफाइ गरिएको हो ।

    गौरादहका स्थानीय संघसंस्थाहरुलाई समेटेर बृहत नगर सरसफाइ गरिएको छ ।सरसफाइ कार्यक्रममा लायन्स क्लब, जेसेसी, उद्योग वाणिज्य संघ, पतञ्जली योग समिति लगायतका संस्थाहरु र मुल समारोहका सबै कमिटि भित्र रहेका संस्थाहरुको संलग्नता रहेको थियो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …