• काठमाडौँ । कीर्तिपुर ९ठाउँ परिवर्तन० की एक युवतीलाई बलात्कार प्रयास गरेको अभियोगमा सिनामंगलस्थित कन्सल्टेन्सी मिता इन्टरनेसनल प्रालिका सञ्चालक रोहितकुमार ढुंगाना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले कैलालीको गौरीगंगा नगरपालिका–२ घर भएका ढुंगानालाई शुक्रबार पक्राउ गरेको हो । उनले जागिर लगाइदिने प्रलोभनमा बलात्कार प्रयास गरेको पीडितको भनाइ छ ।

    ढुंगानालाई सहयोग गरेको भन्दै प्रहरीले नेपालगन्जका दुई युवतीलाई समेत काठमाडौंबाटै पक्राउ गरेको छ । ललितपुर प्रहरी प्रवक्ता एसपी दुर्गा सिंहले उनीहरूलाई अदालतबाट म्याद थप गरेर विस्तृत अनुसन्धान अघि बढाउन लागिएको जानकारी दिइन् ।

    ढुंगानाले बिहीबार कन्सल्टेन्सीमा जागिर मिलाइदिने भन्दै ती युवतीलाई बानेश्वर बोलाएका थिए । ढुंगानाका साथमा रहेका दुईमध्ये एक युवतीलाई उनले मीत बहिनी बनाएका थिए । उनै बहिनीमार्फत पीडित युवती जागिर खोज्दै ढुंगानाको सम्पर्कमा आएको खुलेको छ । ‘बिहीबार ढुंगानाले मीत बहिनी, उनकी साथी र पीडित युवतीलाई बानेश्वरको अलाइन्स रेस्टुराँमा खानारखाजा खानेगरी बोलाएका थिए,’ स्रोतले भन्यो, ‘त्यहाँ खाना खाएपछि दिउँसो ४ बजेतिर ढुंगानाले जागिरका लागि अंग्रेजीमा अन्तर्वार्ता लिनुपर्छ भन्दै ट्याक्सीमा युवतीलाई गोदावरीस्थित वृन्दावन रिसोर्ट पुर्‍याएका थिए ।’

    रिसोर्टमा ढुंगानाले साथमा भएकी युवतीलाई साली नाता लगाएर कोठा बुक गरेका थिए । मादक पदार्थ सेवन गरेर ढुंगानाले बलात्कार प्रयास गरेपछि राति नै युवतीले रिसोर्टका कर्मचारीसँग सहयोग मागेकी थिइन् । हल्ला भएपछि ढुंगाना राति २ बजे नै भागेका थिए ।

    शुक्रबार घटनाबारे ललितपुर प्रहरीमा उजुरी परेपछि ढुंगानासहित दुई युवती पक्राउ गरेका हुन् । कान्तिस।बाट ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …