• सिन्धुली । पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाल-भारतबीचको सीमा विवादलाई कुटनीतिक माध्यमबाट समाधान गर्न सुझाव दिएका छन् ।

    सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा कार्यकर्ता भेटघाटका क्रममा पूर्व राष्ट्रपति यादवले चीन र भारतको युद्धको समयमा भारतलाई अस्थायी रुपमा कालापानीमा बस्न दिएकोमा अहिले भारतले त्यो हाम्रो भन्नु गलत रहेको टिप्पणी गरे ।

    उनले कालापानी मात्र नभई लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्र पनि नेपालकै भएको बताए । यो विवादलाई समाधान गर्न सरकारले कुटनीतिक पहल थाल्नुपर्ने उनको भनाई थियो ।

    फरक प्रसंगमा उनले चुरे वन क्षेत्रको संरक्षणका साथै तराई र भित्री तराईको उर्वराखेती योग्य भूभागको संरक्षण गर्नकालागि आफ्नो कार्यकालमा ल्याइएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी नबनेकोप्रति चिन्ता व्यक्त गरे । उनले चुरे क्षेत्रमा दोहन बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसका लागि सबै गम्भीर हुनुपर्ने बताए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …