• इजिप्टको गारविया शहरको एक मसाज सेन्टरमा ग्राहकको सन्तुष्टिको लागि आगोबाट मसाज सेवा दिइने गरिएको छ ।

    ३५ वर्षका अब्देल साइदले यो पुरातन फाइरोनिक प्रविधि अपनाएका हुन् । उनी यो विशेष मसाजमा तेल र बाबुनाको प्रयोग गर्छन् । जसले शरीरको रगत संचालन गर्दै मसाज गरिएको ठाउँको दुखाइ कम गर्छ ।

    साइदले धेरै तौलियाको प्रयोग गर्ने गरेका छन् । उनी भन्छन्,“म तौलियामा रक्सी मिसाउँछु र आगोमा बाल्छु । आगोको झिल्को उठेपछि चिसो पार्न पानीमा डुबाउँछु । यो एक खतरनाक मसाज हो, जसले शरीरको तापक्रम बढाउँछ ।”

    उनको बिचारमा यस्ता मसाजले मानव शरीरसँग नजिकको सम्बन्ध राख्छन् । उनको ग्राहक उच्च रक्तचाप, किड्नीका बिरामी, शरीरमा रगत जम्ने समस्या भएका हेमोफिलियाका बिरामी पर्दैनन् । उनले यो तौलियाको प्रविधि मोरक्कोमा सिकेका हुन् भने मसाजको सर्टिफिकेट चैं इजिप्टका मसाज गर्ने संस्थाहरुबाट लिएका हुन् ।

    साइदका ग्राहक मोहोमद अल साइर ३० को दशक देखि आगोको मसाज गर्दैछन् । उनको अनुभव छ,“मेरो शरीरको दुखाई शतप्रतिशत ठीक भएको छ । मेरो ढाड पछाडि कार चलाउँदा निकै नै भारी हुन्थ्यो । अचेल म स्वस्थ छु । आलश्य हराउँदै गएको छ । यस्तै रहेमा मेरो दैनिक काम छरितो बन्ने छ ।” (एजेन्सी)

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…