उर्लाबारी, २३ पुस । पछिल्लो समय साँगीतिक क्षेत्रमा नव प्रवेशी कलाकारहरुको आगमन बढ्दो छ । व्यवसायिक रुपमा सफल हुनेहरु कमै भएता पनि गायनमा भविष्य देख्नेहरु नामसँगै दाम कमाउने लक्ष्य बोकेर संगीत क्षेत्रमा होमिएका छन् । यहि भिडमा लामवद्ध छ्न्, मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिकाका राजन पाँण्डे । सानै देखि गीत संगीतमा रुचि राख्ने राजन, एक दिन आफ्नै गीत रेडियो ,टेलिभिजन देखि गाँउदेखी शहरसम्मै गुञ्जाउँछु भन्ने सपना बोकेर यस क्षेत्रमा होमीएका हुन् । उनको एकल शव्द, सँगीत अनि स्वरमा रहेको पहिलो गीत “राती राती”को रेकर्डिङ झापाको दमकमा रहेको एक स्टुडियोमा अघिल्लो महिना मात्र गरिएको थियो । पहिलो गीत रेर्कड गरेसँगै वैदेशिक रोजगारीका शिलशिलामा कतार पुगेका राजन यतिबेला आफ्नो दोस्रो गीत “दिलले मताउँ मलाई प्यारले सताउ” बोलको गीतको तयारीमा जुटेका छन् । उक्त गीतमा पनि राजनको एकल शव्द, सँगीत र स्वर रहनेछ ।
