• हिडिरहेको बेलामा वा कुनै काम गरिरहेको बेला धेरैको शरीरमा उडिरहेको चराको दिसा परेको देखिरहेको हुन्छौं । कतिपय मानिसहरूले यसलाई अशुभ मान्छन् । कहिले कहिँ त्यसरी जिउमा पन्छीका दिसा परेको बेला केहि नराम्रो हुन्छ कि भन्ने डर तथा लुगा फोहोर भएको रिस उठ्नु स्वभाविक पनि हो ।

    शरीरमा परेको पंछीको दिसा सुभ हुन्छ कि असुभ भन्ने बास्तविकता अधिकांश मानिसहरूलाई थाहा छैन् ।

    ज्योतिष शास्त्रमा उल्लेख गरिए अनुसार चराले मानिसको जिउमा फोहोर गर्दिनुलाई अत्यन्त सुभ संकेत मानिन्छ । यस्तो घटनाले धनलाभ, सुभ समाचार तथा आउने दिनमा हुने राम्रो काम तथा कुराको संकेत दिने गरेको हुन्छ । साथै, धेरै अगाडी देखिको कुनै रोकिराखेको काम अब पुरा हुनेछ भने संकेत दिएको भनेर पनि बुझ्ने गरिन्छ ।

    केहि देशहरूमा भने यसलाई असुभ मानिन्छ । साथै, कुनै यात्रामा जादा वा राम्रो काम गर्न जादा चरा उडिरहेको देखेमा यसलाई भने सुभ संकेत मानिन्छ । तर, यसमा पनि केहि परिहरहरू रहेको हुन्छ ।

    यदि चरा तपाई गइरहेको स्थान तर्फ जान्छ वा दाहिने जान्छ भने यो कार्य सफलतालाई जनाउने गर्छ । त्यस्तै, तपाई गइरहेको बाटो भन्दा उल्टो वा बाया तर्फ गएको देख्नु हुन्छ भने यात्रा नगर्नु नै राम्रो र यो कार्य असफलताको संकेत रहेको शास्त्रमा उल्लेख गरिएको छ ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…