• सिरहा, २३ पुस : एक साता यता चलेको शीतलहरसँगैको चिसो हावाका कारण सिरहा र सप्तरीमा गरी १० जनाको मृत्यु भएको छ ।

    शीतलहर र चिसोका कारण सप्तरीमा सात र सिरहामा तीनजनाको मृत्यु भएको हो । दश जनाको मृत्यु भएपनि सरकारले खासै ध्यान दिएको छैन । स्थानीय तहले सामन्य कम्बल र आगो ताप्न दाउरा बाडेपनि त्यो पर्याप्त हुन सकेको छैन । चिसोले कठेयाङ्ग्रीएर मृत्यु हुँदापनि सरकारले सहयोग नगरेको पीडितको गुनासो छ । मृत्यु हुनेमा गरीव बस्तिका वृद्ध, वृद्धा र बालवालिका रहेका छन् ।

    सिरहा गोलबजार नगरपालिका–२ का ७० वर्षीय रामप्रसाद महतो र वडा नम्बर ४ का ६ वर्षीय लवकुमार साहको शनिबार मृत्यु भएको हो । त्यसैगरी, धनगढीमाई नगरपालिका–७ का ५५ वर्षीय रामरतन महतोको पनि चिसोका कारण गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यस्तै, सप्तरीमा चिसोकै कारण सातजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महदेवा गाउँपालिका–२ अकवरपुरका ५८ वर्षीय सुकदेव यादव, राजविराज नगरपालिका–१० झल्हीका ६५ वर्र्षीया कैलीदेबी खंग र वडा नम्बर–२ का ६० वर्षीय नाजो बेगम रहेका छन् ।

    यसअघि छिन्नमस्ता गाउँपालिका–१ वरहीका ३५ वर्षीय रामदयाल राम, वीरपुरका ३६ वर्षीय कुलदिप राय र ७२ वर्षीया रजियादेवी रायको चिसोकै कारण मृत्यु भएको थियो ।

    अत्यधिक चिसोले बिरामीको संख्यासमेत बढ्दै गएको छ । अस्पतालहरुमा चिसोबाट प्रभावित भएकाको भीड लागेको छ । शितलहरका कारण सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या भएको छ । विद्यार्थी विद्यालय आउन नसकेपछि जिल्ला शिक्षा कार्यालयले सप्तरीका सबै ४१२ ओटै सामुदायिक विद्यालय २६ गतेसम्मका लागि बन्द गराएको छ । निजी विद्यालय पनि बन्द गर्ने तयारी भइरहेको प्याब्सनका जिल्ला अध्यक्ष पञ्चदेव यादवले जानकारी दिए ।

    महोत्तरीमा पनि एक सातादेखि बढेको बाक्लो हुस्सु र शितलहरले जनजीवन प्रभावित बनेको छ । बढ्दो शितलहरका कारणले जिल्ला शिक्षा कार्यालयले सामुदायिक विद्यालयमा एकहप्ता विदा दिने निर्णय गरेको छ । कार्यालयले निजी विद्यालयमा पनि बिदा दिन आह्वान गरेको छ ।

    स्थानीय तहहरुले चिसो र शितलहरबाट राहतका लागि ठाउँ–ठाउँमा आगो ताप्ने व्यवस्था गर्न दाउराको व्यवस्था गरेको छ । कतिपय स्थानीय तहले दलित वस्तीमा न्यानो कपडासमेत वितरण गरेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…