• पाँचथर, पुस २३ गते । ‘लिम्बू भाषा’ लाई प्रदेश–१ को सरकारी कामकाजी भाषा बनाउन दवाव दिनका लागि ‘प्रादेशिक भाषा तथा नामकरण अभियान मञ्च’को प्रथम सम्मेलन सदरमुकाम फिदिममा जारी छ ।

    सम्मेलनमा मञ्चका संयोजक तथा भाषा आयोगका भाषा विशेषज्ञ हरिचन्द्र लावतीले ‘लिम्बू भाषा प्रदेश नं १ को कामकाजी भाषा किन र कसरी’ भन्ने अवधारणापत्र र भाषाविद् दिलेन्द्र कुरुम्बाङले ‘प्रदेश नं १ को नामकरण सैद्धान्तिक तथा वस्तुगत’को आधारपत्र प्रस्तुत गर्नुभएको थियो ।
    कार्यक्रममा प्रदेश ‘क’का नवनिर्वाचित सभासद् सीता थेबेले प्रदेश १ मा लिम्बू भाषालाई सांस्कृतिक, भाषिक रुपले कामकाजी बनाउन प्रदेशसभामा आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।
    प्रदेश नं १ नेपाली र मैथिलीपछि तेस्रो भाषाका रुपमा रहेको लिम्बू भाषा प्रादेशिक भाषा बन्नयोग्य रहेको मञ्चका सदस्य तथा भाषाविद् कुरुम्बाङको भनाइ छ । प्रदेश १ मा ४५ लाख ३४ हजार ९४३ जनसंख्यामध्ये तीन लाख ३१ हजार ६८५ लिम्बू छन् । सम्मेलनमा पाँचथरसहित ताप्लेजुङ, इलाम, झापा, मोरङ, तेह्रथुम, धनकुटालगायत जिल्लाका प्रतिनिधि छन् ।  (रासस)

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…