काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले बैंकले ऋण नदिए आपूmलाई इमेल गर्न आग्रह गरेका छन् । खतिवडाले स्वरोजगार बन्नका लागि बैंकले ऋण नदिए आफूलाई इमेलमार्फत अपूmलाई खबर गर्न आग्रह गरेका हुन् ।
सहुलियत कर्जाको माध्यमबाट युवा उद्यमशीलता र प्रवद्र्धनसँग सम्बन्धित विषयमा राष्ट्रिय युवा परिषद् र ३ वटा सरकारी बैंकबीच सहकार्य गर्न आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा अर्थ मन्त्री खतिवडाले देशभित्रै काम गर्न खोज्ने युवाहरुलाई राज्यले संरक्षण र सहयोग गर्ने कानुनी व्यवस्था गरेको र त्यस्तो नियम नमान्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्ने चेतावनी दिए ।
‘तपाईँहरुले नै जम्मा गरेको निक्षेपबाट बैंकले ऋण परिचालन गर्ने हो, त्यसमा बैंक जिम्मेवार बन्नुपर्छ, उद्यम गर्न चाहनेलाई कुनै बैंकले सानो ग्राहक हो, यसलाई भेट्न जरुरी छैन भन्दै हिच्किचाहट गरेमा हामीलाई सम्पर्क गर्नुहोस्,’ उनले भने, ‘हामीसँग हटलाइन र इमेल पनि छन्, अर्थ मन्त्रीको इमेल पनि छ, सबै प्रक्रिया पूरा गर्दा पनि ऋण नपाएको रहेछ भने अर्थ मन्त्रालयले एक्सन लिन्छ ।’