• उर्लाबारी/मोरङको उर्लाबारी–८ स्थित बहादुर बाबा चौधरी आधारभूत विद्यालयका ७० जना बिद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको छ ।
    सेतो गुँरास विराटनगरकी सीता सिग्देल र सामुदायिक विकास मञ्च उर्लाबारीले आइतबार बिद्यालयमा पुगेर स्वीटर प्रदान गरेका हुन् । सिग्देलले ब्यक्तिगत लगानीमा ४० वटा स्वीटर खरिद गरी बिद्यार्थीहरुलाई वितरण गरेकी हुन् भने मञ्चलाई सूर्य साकोस का अध्यक्ष तेजनाथ घिमिरे र उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणी पौडेलले ३० वटा स्वीटर सहयोग गरेका थिए ।

    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेश अधिकारीको प्रमुख आथितित्वमा भएको उक्त कार्यक्रममा उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणी पौडेल, सदस्य सचिन शाक्य, सेतो गुँरास विराटनगरकी सीता सिग्देल, उर्लाबारी वडा नं. ८ का वडा सदस्य लक्ष्मी ढुंगानालगायतले बोलेका थिए । मञ्चका अध्यक्ष ढुण्डीराज भट्टराईको सभापत्विमा भएको उक्त कार्यक्रम सचिब प्रेम बोहराले सञ्चालन गरेका थिए । जाडोले गरिब तथा विपन्न समूदायका विद्यार्थीहरुलाई समस्या सिर्जना गरेपछि सहयोगी मनहरुले यतिबेला सरकारी बिद्यालयमा स्वीटर वितरण कार्यक्रम गर्दै आएका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…