• उर्लाबारी । इलामको चुलाचुलीमा भेटिएको भाइरल जोडीको घर निर्माण हुने भएको छ ।
    बिहीबार सञ्चारकर्मी तथा स्थानीयबासीको भेला मोरङको उर्लाबारीका रुपेन्द्र शेर्माको संयोजकत्वमा समिति गठन भएको हो । चुलाचुली गाउँपालिका ३ का ६७ बर्षीय सिंहप्रसाद लिम्बू र २१ बर्षीया पूजा लिम्बूले विवाह गरेपछि यतिबेला भाइरल बनेका छन् । शारीरिक रुपमा अंपाङ्ग रहेकी पूजा र बृद्ध अवस्थामा पुगेका सिंहप्रसाद लिम्बूको दर्दानक अवस्था देखेर उर्लाबारीका पत्रकारहरुको अगुवाईमा स्थानीयबासीसमेतको भेलाले समिति गठन गरिएको छ ।
    समितिको सचिब बुधराज लिम्बू र कोषाध्यक्षमा सुनकुमार केरुङ रहेका छन् । सदस्यहरुमा सोनु लिम्बू, सञ्चराज एक्देन, प्रेमकुमार श्रेष्ठ र पूजा लिम्बू रहेका छन् । त्यस्तै, सल्लाहकार सरोज बस्नेत र पुष्पराज आङ्देम्बे रहेका छन् । समितिले देशविदेशमा रहेका नेपालीहरुको साथ र सहयोगमा घर निर्माण गरिदिने संयोजक शेर्माले जानकारी दिए । उनले सबैलाई सकेको सहयोग गर्न अपिल गरेका छन् ।
    https://youtu.be/UdueGLvWDSs?t=4

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …