• नेपाल तामाङ घेदुङको अध्यक्ष मोहन गोले ज्युलाई मेरो दुई चार शब्द ।

    तामाङको छोरालाई मुख्य मन्त्री बनाउने रे बढो हासो लाग्यो । मोहन जि तपाईले कार्यकाल सुरु गर्दा म निक्कै उत्साहित थिए कि अब चाही घेदुङ्ले सही नेतृत्व पायो र अब समग्र तमाङ्गको निम्ती स्वर्णिम घडी सुरु भयो भन्ने लाग्यो तर आज आएर यो लाग्यो कि तपाई त झन निकम्मा हुनु हुदो रहेछ सानो सानो आन्तरिक स्वार्थमा पनि समग्र तामाङ्लाई नै फाटो ल्याउने प्रायस तपाई गर्नु हुदो रहेछ ।  कुरो रह्यो मुख्य मन्त्रीको तामाङ घेदुङ्ले तामाङको छोरोलाई टिकट दिनु पर्छ भनेर कहिले आवाज उठाएन अझ समानुपातिकको त राजनितिक पार्टीले निर्बाचन आयोगमा बन्द सुची बुझएको कती दिन पछी पो तामाङ नि पार्नु पर्छ भनेर लाग्नु भयो त्यो भन्दा अगfडी घेदुङ कहाँ गएको थियो बन्द सुची तयार पार्दा ?  २०१३ सालामा स्थापित भनेर खुब घमण्ड छ नि तपाईले अहिलेसम्म मुख्य मन्त्री त छाडौ घेदुङ को नेतृत्वले अहिले सम्म कती जना डिग्री होल्डर बनाउनु भयो , कती जनालाई राजनितिक कक्षा दिएर नेताको लाईनमा पठाउनु सक्नु भयो ? तामाङको तथ्य जनसख्या त यकिन गर्न सक्नु भएन अरुको त के आशा गरौ घेदुङ्बाट ? मैले समेत अहिले सम्म मोक्तान मात्र राखेको छु यसलाई तपाइले तामाङ रख्नु पर्छ भनेर कहिले भन्नु भयो । यदी मोक्तान नै राख्ने हो भने मोक्तानको क्ल्स्टरलाई तामाङको जनसंख्या भित्र राख्नलाई राज्यसंग जोरी खेल्नु भो ? तपाइको आन्तरिक मनबाट भन्नुस बास्तबिक तामाङ कती होरा राज्यले तामाङको जन्सख्या कती लेखाजोखा गरेको छ यो कुरालाई तपाईले ब्याख्या गर्नु पर्दैन ?  भन्न धेरै मन छ मोहन गोले ज्यु तर तपाईबाट आशा गर्नबाट म जस्ता हजारौ तामाङ थाकी सके । अरु केहि गर्न नसके पनि तामाङको जन्सख्या त यकिन गरेर राज्यमा प्रस्तुत गर्नु पर्दैन ? आज देशमा थाहा नभएर स्वागे भाइ भाइ बिच लब गरेर बिबाह गरेको छ यस्को पहल गरेर जनचेतनाको काम गर्नु पर्दैन ? आज कतिपय ठाउँमा तामाङको घरमा खाना नपाएर बसेको छ यो देख्नु भएको छ तपाईले, मुख्य मन्त्रीको त कुरा छाडौ, तामाङले अहिले सम्म राम्रो शिक्षा पाएको छैन्, यसको पहल घेदुङ्ले गर्नु पर्दैन? कि तामाङ हो भनेर जागिर खने बेला तामाङ कार्ड बनौने मात्र काम हो घेदुङ्को ? धेरै कुरामा बिबाद हुन्छ तामाङको सस्कार्, रितिरिवाजमा भाषा मा यसको निचोड निकाल्नु पर्दैन ? ल एक्कै छिनलाई मने कि ल्होसार फागुन ४ मा हो रे तेही हो भने नि अरु बिबद गर्नेलाई टेबलामा राखेर निर्णय गर्न सक्दैन ? अब अस्तित्व जोगाउनुस तामाङको अस्तित्व जोगाउन तामाङ आफै लागिसक्यो अब घेदुङ्कोअस्तित्व त जोगाउनुस । आज अति नै बहस जारी छ किनकी म तामाङ हु कसैको दासी होईन ।



    राजिब मोक्तान

    अध्यक्ष

    तामाङ फाउण्डेशन नेपाल जिल्ला शाखा रामेछाप

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …