सुनसरी- आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोगमा सिद्धबाबा भनिने कृष्णदास गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
जिल्ला अदातल सुनसरीले शुक्रबार प्रहरीलाई पक्राउ गर्ने अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले गिरीलाई पक्राउ गर्ने तयारी भइरहेको बताए ।
सुनसरीको चतरास्थित आश्रममा बस्ने सिद्धबाबामाथि बलात्कारको आरोप छ । आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको पीडितको भनाइ छ ।
गिरीविरूद्ध जबरजस्ती करणीको मुद्दा बिहीबार जिल्ला अदालत सुनसरीमा दर्ता भएको थियो ।