काठमाडौं । उनिर्वाचनको क्रममा कास्कीका दुईवटा मतदान केन्द्रनजिकै बम विस्फोट भएको छ । मतदान चलिरहेको समयमा बम विस्फोट भएपछि मतदातामा त्रास छाएको छ । पोखरा महानगरपालिका–१६ स्थित शान्ती मावि मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ । सो विस्फोटले त्रासको वातावरण सिर्जना गरेको छ ।
विस्फोटका कारण कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । यद्यपी विस्फोटका कारण केही समय मतदान स्थगित भएकामा अहिले सुरु भएको छ । विस्फोट गराउनेको खोजी भइरहे पनि आहिलेसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
त्यस्तै पोखरा महानगरपालिका– ९ स्थित नवप्रभात मावी केन्द्र परिसरमा पनि बिस्फोट भएको छ । त्यस सम्बन्धमा पनि सुरक्ष निकायले आवश्यक खोजी र अनुसन्धान गरिरहेको छ ।