• विराटनगर ।

    सिद्धबाबाका नामले परिचित धर्मगुरु कृष्णदास गिरीलाई बलात्कारको आरोप लगाउने महिलाले सामाजिक सञ्जाल फेसबुक मार्फत एकोहोरो विभिन्न म्यासेजहरु पठाउँदै आएको खुलेको छ । धर्मगुरु कृष्णदासले आफूलाई ४ कात्तिकमा बलात्कार गरेको महिलाले आरोप लगाएकी छन् ।

    बलात्कारको आरोप लागेपछि कृष्णदासका अनुवाईहरुले सलिना रामदासी नाग गरेकी उक्त महिलाले फेसबुकमा पठाएको म्यासेजहरु सार्वजनिक गरेका छन् । ती महिलाल विगत ६ महिनादेखि सिद्धबाबालाई एकोहोरो म्यासेज गरेकि थिइन् । उक्त म्यासेजको प्रिनट निकाल्दा ५२ पेज पुगेको प्रहरीले जनाएको छ।

    म्यासेजहरुमा महिलाले कृष्णदासलाई एकान्तमा भेटेर चुम्बन र अंकमाल गर्ने इच्छा भएको बताएकी छन् । म्यासेजमा महिलाले अरुलाई बोलाएर भेट्ने तर आफूलाई भने वेवास्ता गरेको बताएकी छन् ।

    ती महिलाले ४ अक्टोबर २०१९ मा पठाएको म्यासेजमा ४४ दिनभित्र भक्त र भगवानबीच वारपार हुने चेतावनी दिएकी छन् । उनले लेखेकि छन् , ‘अरुसँग बोलाएरै भेटिन्छ, मैले यती बिन्ती गर्दा नि यति वेवास्ता , अब समय सकियो जम्मा ४४ दिन छ कसरी पुर्ण बनाउने हो हजुरको हातमा छ’ ।

    ‘एकचोटि भेट्न पाए नि हुन्थ्यो, कति चुम्न मन छ। के यो झुटो होर ? हजुरको मनमा टोलाउँदा आफैं मुस्कुराउँछन् यी ओठ, के यो नाटक हो ?’ उनले लेखेकी छन् ।

    ‘बुढाले छुँदा पीडा हुन्छ, उहाँ (श्रीमान) पनि पराई भैसक्नुभो । म जती पराई कोही छैन म घृणाको लायक छु, अझै घृणा गरिस्यो, यति घृणा गर्नुहोस् की मेरो छाती छियाछिया होस् ’ उनल लेखेकी छन् ।

    कृष्णदासको तर्फबाट भने अधिकांश म्यासेजहरुको जवाफ दिइएको छैन । तर एकाध पटक कृष्णदासले ‘हलो’ इमोजीहरु रियाक्ट गर्ने गरेको पाइएको छ ।



     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …