• पवन सुवेदी, राजनीति समाजका लागि हुनुपर्दछ । जनताको परिवर्तनका लागि हुनुपर्दछ । राष्ट्रको आमूल परिवर्तन र विकासका लागि हुनुपर्दछ । समग्र सामाजिक क्षेत्रको उन्नति, प्रगति, परिवर्तन र विकासका लागि समर्पित रहेको हुनुपर्दछ ।

    समाज विकासका लागि हुनुपर्ने राजनीति सामाजिक क्षेत्रमा अखडाको तारो बन्ने गरेको छ । राजनीतिक सम्पर्क वा लिंक, सम्बन्ध र सत्ताको ध्वाँसो बलले सामाजिक व्यवस्था र अवस्थालाई धक्का दिइराखेको छ । समाज र राष्ट्रलाई यो समयमा स्पष्ट गति दिने भनेको कुशल राजनीतिले हो ।

    तर, समाजलाई गतिशील बनाउन र फड्को मार्ने नाममा समाजमा भएका सबै सामाजिक क्षेत्रमा राजनीति हाबी हुनाले समाजको गति कतातर्फ मोडिएको छ ?

    हाम्रो परिवर्तनशील र विकास भएको सोचले एकपटक चिन्तन गरौँ । समाज विकासको वेगलाई तीव्ररुपमा बढाउन हाम्रो राजनीतिक चिन्तनलाई समाजप्रति झुकाव र जिम्मेवारीतर्फ अघि बढाउनुपर्दछ ।

    समाज र राज्यमा चलिरहेको योग्यता, अनुभव र राजनीतिक खिचातानीको प्रभावीय रंगमञ्चले सम्माननीय प्रधानमन्त्रीले लिनुभएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल होला ? दक्ष युवाको ज्ञान र शिक्षा समाज तथा राष्ट्रका लागि उपयोग नहुनु, अवसरको खोजीमा भौँतारिनु र बाध्यताले पलायन हुने अवस्था सिर्जना हुनुले प्रधानमन्त्रीको उद्देश्यले गति समात्न सक्ला ?

    समाजमा भएको यस्तो विभेदकारी राजनीतिक अवस्थाले कसरी पूरा गर्न सकिएला राष्ट्रिय आवश्यकता र उद्देश्य ? सामाजिक गतिविधिलाई कुशल बनाइराख्न भ्रष्ट राजनीतिक अवस्थालाई समाजमा रंगीन बनाउन दिइनुहुँदैन । अनावश्यकका टीकाटिप्पणी, आलोचना, विवाद, बहस हाम्रा प्रमुख समस्या हुन् ।

    यसलाई कम गरी नागरिकलाई परिवर्तन, शान्ति, रोजगारी र विकासलाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ । कुनै पनि योजना र काम गरेर जनतामा देखाएपछि बहस र सवाल–जवाफ गर्नु राम्रो हुन्छ, तर हाम्रो संस्कार र छवि यस्तै विकास भई आएकोले हामी ठीक यसको उल्टो दिशामा छौँ ।

    यसैले, हामीकहाँ कामभन्दा कार्यक्रम र बहस धेरै मात्रामा हुने गर्दछ । समाजमा सत्यताको खोजी कुशल अनुसन्धानबाट पूरा हुन्छ, तर सोही अनुसन्धान र सत्यता समस्याको पहाड खडा गर्नका लागि हुनुहुँदैन ।

    यदि समाजमा यस्ता गैरजिम्मेवार घटना बढाउने काम हुन्छन् भने समाजमा समस्या घट्ने होइन बढ्ने निश्चित छ । सामाजिक दूरी र विचलनको नकारात्मक प्रभाव समाजको कुनाकुनामा प्रवाहित हुनेछ । पनि ओडारबाट दक्षशीललाई झिक्नुको कुनै विकल्प छैन् । यस्तो हुन नसक्दा सामाजिक प्रवद्र्धन प्रक्रिया र कार्यान्वयनमा अन्योलता सिर्जना भएर आएको देखिन्छ ।

    भ्रष्टाचारले शासनपद्धतिलाई नराम्रोसँग थर्काएको छ । सुशासनलाई गिज्याएको छ । अवस्थालाई खस्काएको छ । बेथिति र दुरवस्थाको जरालाई बलियो बनाएको छ । सामाजिक समस्याले समाज तपतपी आँसु चुहाइरहेको छ ।

    यस्तो अवस्थामा सामाजिक मुद्दा र मामिला न्यून गर्न गुन लगाउने सामाजिक अभियन्ता कोही जन्मेलान् ? नेपालको हालको राजनीति झट्ट हेर्दा केही अघि बढेको देखिए तापनि सामाजिक क्षेत्रमा देखिएको अन्योलताले गतिलाई रोकेको छ ।

    समाज र राष्ट्र जुन रफ्तारमा जानुपर्ने थियो त्यो वेगमा जान नसकेको देखिन्छ । केन्द्रीय राजनीतिको सोझो प्रभाव सामाजिक क्षेत्रमा देखिन्छ । स्थानीय, प्रदेश र संघीयताको अन्योलले सामाजिक समस्यालाई अझै मुक्त पार्न सकेका छैनन् । अर्थात्, केन्द्रीय सत्ताबाट सबै तह अझै मुक्त हुन नसकेको हो कि भन्ने आभास जनमानसको अवस्थाबाट स्पष्ट देखिन्छ ।

    सामाजिक समस्यालाई रोक्ने जिम्मेवार निकाय र समाजमा मै हुँ भन्नेको मुखमा माड लागेको छ । हातमा दही जमाएका छन् र आप्mनो कर्तव्य र मर्यादालाई बिर्सिएका छन् । सामाजिक समस्या तीव्ररुपमा सिर्जना गर्ने दूतहरु झनै च्याम्पियन भई समस्या बढाउन हाबी भएर लागेका छन् ।

    यस्तो अवस्थामा समाजको गतिलाई अघि बढाउन राजनीतिक कारणले जन्मिएका विकृतिले सामाजिक विकासको गतिमा टेवा दिन सक्ला ? समाजमा भएका सामाजिक समस्या न्यूनीकरण गर्नमा जनतामा निर्णायक भूमिका निभाउने व्यवस्था भएको छ यहाँ । जनसमर्थन नहुँदानहुँदै सत्ताको बलले आप्mना हस्ती हुन् भनी सामाजिकरुपमा दाग लागेकालाई पोस्नु लोकका लागि लज्जाको कुरा हो ।

    हामी राजनीतिक बलमा समाजमा भएका गलत कामलाई रोक्न सक्दैनौँ । सामाजिक क्षेत्रमा जरा गाडी बसेका समस्यालाई उखेलेर फाल्न सक्दैनौँ । विकृति र विसंगतिलाई रोकथामसम्मको काम गर्न सक्दैनौँ ।

    समस्या निराकरण गर्नु परको कुरा राजनीतिक हाँगाबिँगा हालेर सामाजिक व्यवस्थालाई अस्तव्यस्त बनाइएको छ । समाज विकासको क्षेत्रमा काम गर्ने सामाजिक संस्थानमा पनि राजनीतिक भागबन्डाको खोजीले समाजको गतिलाई अवरूद्ध पारिएको छ ।

    राष्ट्रियस्तरमै पनि कुनै एक समस्यालाई हल गर्न वर्षौं कुर्नुपर्ने बाध्यता छ । यसको गलत प्रभाव सामाजिक क्षेत्र र स्थानीयस्तरमा बढी मात्रामा परेको छ । जनताले आज पनि उस्तै समस्या झेलिरहेका छन्, जुन हिजोका दिनमा झेलेका थिए । फगत हतारो व्यर्थ काम भनेझैँ बढ्दो सामाजिक समस्या युद्धका बाछिटामात्रै हुन् ।

    उही जग र आधारलाई समाएर भिन्नरुपले जवाफ दिनमात्रै खोजिएको हो । प्रतिकारका तरिका तीनै युद्धका घाउले सिर्जना गरेका हुन् । सामाजिक क्षेत्रमा समस्याका डोब सिर्जना गरी आज र अहिले पनि समाजलाई कुनै न कुनै रुपबाट विक्षिप्त बनाइएको छ ।

    ठगहरुले आगो लगाउन र सामाजिक विकासलाई कुम्ल्याउन माध्यममात्रै परिवर्तन गरेका हुन्, समस्या सुधार र परिवर्तनका लागि होइन । परिवर्तित समाजको गतिलाई जोड दिनुभन्दा राजनीतिक गतिविधिमा मात्रै रमाएर बस्नु हाम्रो परम्परा बनिसकेको छ ।

    यसको प्रभावले नयाँ सन्ततिमा पनि कालो बादल मढारिएको संस्कार विकास भएर आइरहेको छ । यसले समाज परिवर्तन र विकासमा कालो आँधी ल्याएकोतर्फ हामीले ध्यान दिन सकेका छैनौँ । यस्ता कार्यले समाजमा आजका दिनमा सबै सामाजिक क्षेत्रमा राजनीतिक छायाले आक्रान्त बनाएको छ ।

    समाजमा योग्यता र क्षमता भएकालाई लत्याएर आप्mनै नाता सम्बन्ध र आसेपासेलाई नियुक्ति दिलाइन्छ । गर्जने, बर्सने र भनसुनका पूजाका थाली सामुन्नेमा टक्र्याइन्छ ।

    कसैको छाया बन्नका लागि होडबाजीको सिर्जना गरिन्छ । समाजका सदस्यहरुलाई सम्झाउने र समस्याहरुबाट मुक्त गर्नुपर्छ भन्ने राम्रो भावना र नियत नै विकास हुन सकेन । सामाजिक समस्या अलपत्र पारी आप्mनो आत्मरक्षाका लागिमात्रै अभ्यास गर्नाले समस्या र सामाजिक जनजीवन झन् कष्टकर बनिरहँदा हेर्ने दृष्टि यतातर्फ झुकाव हुन सकेन ।

    सामाजिक सम्झौता र मर्यादाविपरीतका क्रियाकलाप र गतिविधिहरु भइरहँदा छिटो एक्सन लिन नसक्दा समस्याहरुले झन् व्याजको भार समाजलाई थपेका छन् । सामाजिक व्यवस्थालाई समस्याले ठाडो चुनौती दिँदा पनि हामी शासनलाई समाजप्रति जिम्मेवार बनाउन सकेका छैनौँ ।

    हरेक समस्याले हाम्रो क्षमता र सक्षमतालाई गिज्याइरहेका छन्, हामी लाचार बनेर हेरिमात्रै रहेका छौँ । परिणाम र लक्ष्य शून्यतामा रमाएको छ । सामाजिक समस्यामा उतारचढाव आइरहन्छन्, छिटोछिटो सुल्झाउँदै अघि बढ्नुपर्दछ । किनकि समस्या कहिल्यै सकिँदैनन्, नयाँले हरेक क्षण जन्म लिइरहेका हुन्छन् । हामीले एउटै समस्यामा लामो समय बिताएर पार कसरी लाग्ने ?

    समृद्ध नेपालका लागि कूटनीतिक तवरमा एकताबद्ध भएर छलफल गर्नु अपरिहार्य छ । तर, हामी आफैँ राजनीतिक समझदारीमा एकताबद्ध भई रहन नसकेको र धेरै सैद्धान्तिक धारणा र मतभेद सिर्जना भएकोले समाजमा विभिन्न विकृतिहरु देखिएका छन् ।

    हाम्रो पहिचान दलसँग जोडिएको छ, देशको पहिचान र धरोहरसँग जोडिन सकेको छैन । आपसी मतभेद, असहयोग र अनावश्यक सवाल–जवाफ पहिचानका विशेषता बन्न पुगेका छन् । संयन्त्रहरु झन् फितला बनिरहेका छन् ।

    कहीँ कसैसँग सहयोग र समन्वय देखिन सकेको छैन । देशका लागि सिद्ध भएर लाग्न कोही सकिरहेको देख्न सकिँदैन । दिव्य एकता, सम्मान र लगाव देखिन सकेन । कमजोर राजनीतिक गतिको प्रभावस्वरुप सामाजिक क्षेत्रले लयलाई प्रत्यक्षरुपमा छोडिरहेको छैन ।

    देशका लागि संघर्षशील धरोहर भएर शिरलाई उचाइमा राख्ने अभ्यासमा लाग्न सकेनौँ । देशको स्वार्थमा जनता जोडिन सकेनन् । फराकिलो ठाउँ रहन पुग्यो । यसको समाधानका लागि पहल कसले गर्ने ? राजनीति र दलको प्रभावले गर्दा हरेक सामाजिक क्षेत्रमा राष्ट्रिय कार्यको गति सुस्त हुन पुगेको छ ।

    विभिन्न खराब गतिविधि र क्रियाकलापहरुले गर्दा हामी, हाम्रा सामाजिक क्षेत्र र राष्ट्रलाई स्वस्थ राख्न सकिरहेका छैनौँ । हामी कस्तो वेगमा समाज र राष्ट्रको गतिलाई अगाडि बढाइरहेका छौँ ?

    सबैले समाज र राष्ट्रलाई पहिला सोच्ने र पुनर्विचार गर्ने गरौँ । किनकि, नयाँ नेतृत्व शक्तिमा पनि यस्तै संस्कारको विकास भएर आइरहेको छ । सामाजिक क्षेत्र र दलीय सम्बन्धमा चिसो पसेपछि समस्या सुल्झाउन मार्ग कसरी खुल्न सक्छ ?

    कसरी भयो यसको स्पष्टीकरण कोसँग माग्ने ? सबैको सोच उस्तै देखिएपछि समस्या समाधान, राजनीति र समाजको गति सार्थक मार्गको यात्रामा हिँड्न सक्ला ?

    समय र परिस्थिति ढिलै भए पनि हामी एकदिन देशका लागि एकताबद्ध भई जुटेका हुनेछौँ । एकजुट भएर देशलाई उन्नत र समृद्ध बनाउन सकेका हुनेछौँ । यसकारण हामीमा एकता, भाइचारा, सहिष्णुता र भ्रातृत्वको भावना रहेको हुनुपर्दछ ।

    हामी राम्रो संस्कारको मार्गमा हिँडौँ, अनि सन्तति, नयाँ नेतृत्व शक्ति र समाजमा राम्रो प्रभाव पर्दछ । अभिभावकहरु नै खराब र गलत बाटोमा हिँडेर बाटो बिराएपछि नयाँ शक्तिले पनि त्यस्तै अनुसरण गर्न पुग्दछ । हामी सबैले विश्वास लिऔँ, अब समाजमा राजनीतिक कार्यकुशलताले एउटा सभ्य समाजको सिर्जना हुनेछ । चितवन पोष्टका साथमा ।

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…