• इटहरी । दुवै मृगौला फेल भएपछि आर्थिक अभावमा उपचार गर्न नसकि घरमै थला पर्दै आएका मोरगं इटहराका कृष्ण खड्कालाई सहयोग जुट्न थालेको छ । शनिबार कृष्णको उपचारका लागि उनीसँगै अध्ययन गरेका देश तथा विदेशमा रहेका साथीहरुले रकम संकलन गरी हस्तान्तरण गरेका हुन ।

    इटहरी स्थित जनता बहुमुखी क्याम्पसका पुर्व विद्यार्थीहरुले १ लाख ५१ हजार रकम उनको घरमै पुगेर हस्तान्तरण गरेका हुन् ।

    इटहरा स्थित राजघाट घर भएका कृष्ण दुवै मृगौलाले काम गर्न छाडे पछि पैसाको अभावमा थप उपचार गर्न नसकि घरमै बस्दै आएका छन् । रोजगारीका लागि कतार गएको छोटो समयमै दुवै मृगौला फेल भएपछि काम गर्न नसक्ने भन्दै कम्पनीले पहिलो डाईलासिस गरी नेपाल पठाई दिएको थियो ।

    नेपालमा कृष्णलाई डाक्टरले मृगौला प्रत्यारोपण गर्न सल्लाहा दिएका छन् । कमाउन गएको मान्छे आफै थलिएपछि प्रत्यारोपण गर्ने रकमको अभावमा बाँच्नका लागि कृष्णले डाईलासिस गर्दै आएका छन् । विराटनगरमा रहेको नेसनल किड्नी सेन्टरमा कृष्णले हप्तामा २ पटक डाईलासिस गर्दै आएका छन् । हाल सम्म उनको ४३ औँ पटक डाईलासिस भईसकेको छ ।

    घरको कमाउने व्यक्तिनै विरामी भएर थलिए पछि उपचार गर्न समस्या भएको कृष्णका बुवा सोभितमान खड्काले बताउनुभयो । केही आर्थिक सहयोग पाए छोराको ज्यान बचाउन सकिने आशा रहेको उहाँले बताउनुभयो । सँगै पढेको साथी दुवै मृगौला फेल भएर गम्भिर भएको थाहा पाएपछि साथीहरु वीच केही पैसा संकलन गरी हस्तान्तरण गरेको कृष्णका साथी निराजन ओझाले जानकारी दिनुभयो ।

    मृगौला प्रत्यारोपण भए बाँच्ने आशा रहेका कृष्ण आर्थिक अभावमा मृत्युसँग संघर्ष गर्दै आएका छन् । आर्थिक सहयोग पाए आफु बाँच्न सक्ने भन्दै पिडित कृष्णको सबैसँग सहयोग गरिदिन अपिल छ । पिडित कृष्णको उपचारका लागि आर्थिक संकलनका लागि फेसबुक तथा सार्वजनिक रुपमा सहयोग संकलन अभियान चलाउने उनका साथीहरुले बताएका छन् । बैंक खाता खोली सहयोग संकलनका लागि तयारी भईरहेको बताइएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…