बर्दियामा नाबालिका बहिनीलाई जबरजस्ती करणी गर्ने दाजु पक्राउ परेका छन् । गुलरिया नगरपालिकाका २५ वर्षीय नाताले दाजु पर्ने युवाले एक महिनाअगाडि बहिनीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत २५ असोजमा पीडकले एकछिन काम छ भन्दै राति ११ बजे फकाएर शाैचालयपछाडि लगेर करणी गरेको पीडित बालिकाले बताएकी छन् । कसैलाई भने मार्ने धम्की दिएकाले घटनाबारे उनले कसैलाई बताएकी थिइनन् । उनकाे स्वास्थ्यमा समस्या देखिएपछि साेधपुछ गर्दा फुपुलाई उनले घटना विवरणा भनेपछि शुक्रबार प्रहरीमा जाहेरी परेकाे हाे । जाहेरी परे लगत्तै प्रहरीले पीडकलाई पक्राउ गरेकाे थियाे ।
पीडकलाई घरबाटै पक्राउ गरी अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए ।