• उर्लाबारी, २४ पुस । प्रतिस्पर्धीहरुलाई इमोसनल ब्लाकमेल गरी सुनसरीको धरानमा जारी पूर्वाञ्चल सिंगिङ स्टार सिजन ५ प्रतियोगितामा आयोजकले टिकट बिक्रीवितरण गर्न लगाएको पाइएको छ ।

    प्रतियोगितामा प्रतिष्पर्धामा गरिरहेका १५ कलाकारहरुको क्षमता उनीहरुले बिक्री गर्ने टिकटको संख्यालाई आधारमा मानेर निर्धारण गरिने आयोजकले बताएका छन् । जसले धेरै संख्यामा टिकट बिक्री गर्छ उसैलाई क्रमश बिजेता घोषणा गरिने आयोजकले मापदण्ड तोकेकाले यतिबेला कलाकारहरु आफ्नो प्रतिभालाई सशक्त बनाउनेतिर भन्दा पनि धेरै टिकट बेच्ने होडबाजीमा सक्रिय भएका छन् ।

    प्रतियोगितामा सहभागी मध्येका एक प्रतिस्पर्धीका अनुसार आयोजकले १ सय बराबरको टिकट बिक्री गरे बापत २५ भोट प्राप्त गर्ने उर्दी जारी गरेका छन् । आयोजकले तोकिदिएको शर्त अनुसार, २ सयको बिक्री गरेमा ५० र १ हजारको टिकट बिक्री गरेमा २५० भोट पाउने छन् भने २ हजारको टिकट बिक्री गरे बापत ५०० सम्म भोट मिल्ने छ ।

    नाम नबताउने सर्तमा ती प्रतिस्पर्धीले आयोजकले वास्ताविक क्षमता हेर्नू भन्दा पनि टिकट बेचेकै भरमा विजेता छनोट गर्ने भएकाले यस्ता प्रतियोगिताले प्रतिस्पर्धी र अभिवावकले सास्ती वेर्हाेनु परेको गुनासो गरे । यस विषयमा आफूहरुले आयोजकसँग गुनासो राखेको भएता पनि वास्ता नगरेको र उल्टो आफूहरुले भने अनुसार नगर्ने हो भने प्रतियोगिता छाडेर जानसक्ने सुझाव दिएको पनि प्रतिस्पर्धीले बताए ।

    ती कलाकारका अनुसार, ६० हजार बराबरको टिकट बिक्रीका लागि वितरण गरिएको भएपनि हालसम्म ३० हजारको मात्रै बिक्री भएको छ ।

    भोटिङका लागि एनसेललाई बुझाउनु पर्ने ५ लाख बुझाइन नसक्दा नेपाल टेलिकमबाट मात्रै भोट खुल्ला रहेकाले टिकट बिक्रीलाई महत्व दिएको आयोजक बागिना कलाकेन्द्र धरानका अध्यक्ष भक्तिराज राईले बताए ।

    प्रतियोगितामा १३ जिल्लाका गरी करीव १२ सय प्रतिस्पर्धीले सहभागिता जनाएकामा जजहरुले टप १५ को छनोट गरेका छन् । ५ महिना अघिबाट सुरु भएको प्रतियोगितामा उर्लाबारीका मात्रै ५ प्रतिस्पर्धी रहेका छन् ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…