काठमाडौं । नेपालमा चलिरहेको १३औँ दक्षिण एसियाली खेलकुद ९साग०मा श्रीलङ्कालाई हराउँदै नेपालको महिला भलिबल टोली फाइनलमा प्रवेश ग¥यो ।
यो उत्साह महिला भलिबल टिमका सदस्य र प्रशिक्षकमा मात्र सीमित भएन । बाइस वर्षको अन्तरालमा सिङ्गो देशले नै शिर उँचो राख्ने अवसर प्राप्त ग¥यो । भलिबल नेपालको राष्ट्रिय खेल हो । पुरुषतर्फको प्रतिस्पर्धामा भने नेपाल बाहिरिइसकेको छ । महिला भलिबल टोली देशको साख राख्न सफल बनेका छन् ।
शनिबार दशरथ रङ्गशालाको स्टेडियममा भलिबलको नेपाली महिला टोली उत्रियो । सेमिफाइनलमा प्रतिस्पर्धा गर्न श्रीलङ्काको महिला टोली पनि साथै उत्रियो । आफ्नै भूमि, आफ्नै दर्शक महिला टोलीमा ऊर्जा दोहोरो भरिएकै थियो । जब खेल सुरु भयो, तब नेपाल श्रीलङ्कामाथि हावी हुँदै गयो । रातको ७ः०० बजे सुरु भएको खेलको दुवै सेटमा नेपालले सहज जित हात पा¥यो ।
बढ्दो मौसमी चिसोले खेलको तातो माहोलमा कुनै असर परेन । दर्शकको हुटिङ नेपाली टोलीलाई थप ऊर्जा भर्दै थियो । जितको अनिवार्य चाप महिला भलिबल टोलीको मस्तिष्कमा झन् बलियो बन्दै थियो । यही उतारचढावसँगै तेस्रो सेटको प्वाइन्ट गिन्ती सुरु भयो ।
“हामी अब जसरी पनि जित पोल्टामा पार्नुपर्छ भन्ने दाउमा थियौँ,” नेपाली टोलीकी भलिबल सेटर अरुणा शाहीले भन्नुभयो, “उनीहरू पनि निकै आक्रामक रूपमा प्रस्तुत भए । झन्डै हम्मेहम्मे जस्तो नै भयो नेपाली टोलीका लागि त्यो पल ।”
उहाँले भन्नुभए जसरी दुई सेटमा हार बेहोरिसकेको श्रीलङ्का गर या मरको अवस्थामा उत्रियो । “उताको तीन जना खेलाडी निकै राम्रो प्रदर्शन गर्दै थिए,” शाहीले त्यो पल सुनाउनुभयो । तर म र हाम्रा स्ट्राइकरले अवसर दिएनौँ । अन्तिम सेटको १५ वा १६ प्वाइन्ट बटुल्दाताका दुवैतिर एक प्रकारको अन्तिम लडाइँ नै चल्यो ।
खेलको मुख्य स्ट्राइकरका रूपमा त्यो बेला सरस्वती चौधरी, प्रतिभा माली, रश्मी भण्डारी र सुनिता खड्का थिए । पछाडि एक जना लिबेरो थिए । सेटरको काम बल मिलाएर स्ट्राइकरलाई पास गर्ने हो । त्यसैले अरुणा कुन स्ट्राइकरले कहाँबाट बल सोझै पार गराउनसक्छ भन्नेमा चनाखो हुनुहुन्थ्यो ।
हरेक बल दिँदा निकै होसियारी अपनाउँदै हुनुहुन्थ्यो । खेलाडीले लय मिलाउन नसकेको अवस्थामा बाहिरबाट मनन् गरिरहेका अन्य खेलाडी साटफेर गर्ने मेसो श्रीलङ्काका टोलीमा निकै चल्यो तर नेपाली महिला टोलीका सामु श्रीलङ्काको कुनै जोर चलेन । “अन्तिममा हाम्रो टोली नै ‘स्ट्रोङ’ सावित भयो,” उहाँले जितको खुसी साट्दै भन्नुभयो, “सुझबुझपूर्ण टिमवर्कले हामी गोल्ड मेडल नजिक पुग्यौँ ।”
झन्डै दुई घन्टा चलेको खेलमा नेपालले पहिलो सेटमा २५–१४, दोस्रो सेटमा २५–१८ र तेस्रो सेटमा २५–२१ को अन्तर कायम गर्दै जित सुनिश्चित पा¥यो । यही अङ्कभारका आधारमा श्रीलङ््कालाई ३–० को सोझो सेटले पराजित गर्दै फाइनलको यात्रा तय गर्न सफल भयो ।
महिला भलिबल टिमका खेलाडीहरू सलिना श्रेष्ठ, पुनम चन्द, जानकी भण्डारी, उषा विष्ट, निरुता ठगुन्ना, उषा भण्डारी, कमला पुन र हीरा केसीको खेल ऊर्जा पनि खेल अवधिभर उच्च रह्यो । खेलाडी पुनम चन्दले महिला भलिबल टोलीले देशका लागि खेलेको प्रतिक्रिया दिनुभयो ।
म्याग्दीमा जन्मनुभएकी अरुणा शाही भने टिमकी सिनियर खेलाडी हुनुहुन्छ । स्कुले जीवनदेखि नै खेल्दै आएको खेलमा यसपालाको खेलले देशको गरिमा उच्च राख्न सकेकामा खुसी व्यक्त गर्नुभयो । यसअघि समूह चरणको खेलमा नेपाल भारतसँग पराजित भएको थियो । उही भारतसँग मङ्गलबार नेपालले फाइनल खेल्दैछ । सागको महिला भलिबलमा सन् १९९९, २००६ र २०१६ गरी तीनपटक नै कास्य पदकमा चित्त बुझाएको थियो ।
बाहिर छ महिना र चार महिना लामो बन्द प्रशिक्षणमा खेलाडीले कडा प्रशिक्षण लिएका थिए । अन्य सबै कुरा भुलेर खेलमा केन्द्रित हुन ‘मोटिभेसनल’ ज्ञान र खेलको रणनीतिलाई एकैसाथ अगाडि लगिएको कोच जगदीश भट्टले बताउनुभयो । “झन्डै २२ वर्षपश्चात् नेपालले सागको फाइनलमा खेल्ने अवसर प्राप्त गरेको छ,” उहाँले भन्नुभयो, “अब खेलका लागि नेपालको वातावरण बन्दैछ भन्ने यसले देखाउँछ ।”
महिला मात्र हैन, पुरुष भलिबलका खेलाडी पनि राम्रो रहेको उहाँ सुनाउनुहुन्छ । मात्र सही वातारण, आर्थिक सहयोग र राज्यको ध्या९नको जरुरी रहेको उहाँ बताउनुहुन्छ । २५ जना खेलाडीबाट छान्दै १४ जना खेलाडी साग खेलको प्रतिस्पर्धाका लागि छनोट भएको उहाँले बताउनुभयो । जसमा सर्भ, पास, सेट, एट्याक, ब्लक र डिग गर्न सक्ने सीप र खुबी भएका खेलाडी छन् ।
फाइनलमा ध्यान दिनुपर्ने कुरा
सागसहित अन्य विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अनुभव बटुलेका खेलाडीसँगै नयाँको ऊर्जा यो टिममा मिसिएको छ । मुख्य प्रशिक्षक भट्टसँगै सहायक प्रशिक्षक भरत यादवले खेलाडीलाई खेलको रणनीति र मानसिक विकासमा सघाउँदै हुनुहुन्छ ।
फाइनलमा भारतलाई माथ दिँदै उपाधि जित्न खेलाडीले थप अभ्यासलाई तीव्रता दिइएको प्रशिक्षक भट्टले जानकारी दिनुभयो । “खेलाडीको लगावसँगै सही साथ र सहयोग पायौँ भने यस्ता हजार सागमा देशलाई जिताउन सधँै तत्पर रहन्छौँ,” खेलाडीहरू एक स्वरमा भन्छन् तर फाइनलमा सेटर्सको सुझबुझलाई बढाउन अझ आवश्यक छ । गोरखापत्रबाट ।