• काठमाडौँ । सरकारले बहुविवाह गर्ने कर्मचारीलाई बर्खास्त हुने कानुन बनाउने तयारी गरेको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था थप गर्नेगरी प्रतिवेदन तयार पारिएसँगै बहुविवाह गर्ने कर्मचारीलाई बर्खास्त हुने व्यवस्था लागू हुने भएको हो ।

    सरकारले बहुविवाहलाई निरुत्साहित गर्ने नीतिअनुसार फौजदारी संहितामा भएको व्यवस्था जस्तै निजामती सेवासम्बन्धी विधेयकमा पनि राख्ने भएको हो ।

    संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा विचाराधीन मस्यौदा प्रतिवेदनमाथि सोमबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको उपस्थितिमा छलफल हुने कार्यतालिका रहेको छ ।

    फौजदारी संहितामा जस्तै अघिल्लो विवाह कायम रहँदारहँदै अर्को विवाह गरे बहुविवाह गर्ने निजामती कर्मचारीलाई जागिरबाट बर्खास्त गरिनेछ । राजधानीबाट ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…