• बाहुण्डाँगी । विराटनगर जेसीजको २०२० का लागि उज्वल खरेल अध्यक्षमा निर्वाचित भएका छन् । शाखाको हालै सम्पन्न निर्वाचनबाट खरेल अध्यक्षमा सर्वसम्वत निर्वाचित हुनु भएको हो । २०१९ मा उहाँ बरिष्ठ कार्यकारीणी उपाध्यक्ष रहनु भएको थियो । लामो समयदेखि जेसीज अभियानमा सक्रिय खरेलको नेतृत्वमा बरिष्ठ कार्यकारीणी उपाध्यक्षमा प्रदिप दाहाल, कार्यकारीणी उपाध्यक्षमा सिदार्थ शाह, विज्ञान बस्नेत, उपाध्यक्षहरुमा कबिराज दाहाल, पुजा शर्मा, सनराइज चौधरी, रमेश अधिकारी, तालिम आयुक्तमा प्रितेशराज दाहाल र जनसम्पर्क अधिकारीमा प्रवेश दुलाल निर्वाचित हुनु भएको देवचन्द्र घिमिरेले बताउनु भयो ।
    यसैगरी, धनगढी लेडी जेसीजको अध्यक्षमा लक्ष्मी शाही चन्द निर्वाचित हुनु भएको छ । २०१९ मा कानुनी सल्लाहकार रहनु भएको शाही शाखाको साधारणसभाबाट अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
    यसैगरी लेखनाथ जेसीजको अध्यक्षमा चिरञ्जीवी न्यौपाने निर्वाचित हुनु भएको छ भने पर्वत जेसीजको अध्यक्षमा रामु शर्मा निर्वाचित हुनु भएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …