• काठमाडौं- अदालत अवहेलनाको मुद्दामा पक्राउ परेका डा गोविन्द केसीको समर्थनमा विभिन्न क्षेत्रका व्यक्तिहरु राजधानीको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन्।

    डा केसी पक्राउको विरोध गर्दै ‘सोलिडारिटी फर डा केसी एलायन्स’को अगुवाइमा आज बिहान ८ बजेदेखि प्रदर्शन भएको हो। समर्थकहरुले डा केसी एक्लो छैन, हामी तिम्रो साथ छौं, म पनि गोविन्द केसी मलाई पनि पक्राउ गर, जिकेसीलाई कष्ट, माफियालाई अनिष्ट, सर्वोच्चलाई सम्मान, भ्रष्टलाई दण्ड लगायतका प्लेकार्ड बोकेर नारा लगाएका छन्।

    डा केसीलाई सोमबार राति ८ बजे अनसनस्थलबाट नै प्रहरी पक्राउ गरेको छ। केसीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र उनले गरेका कामहरु बारे छानबिन गर्न माग गरेका छन्।

    डा केसीले चार वर्षअघि बरखास्तमा परेका आइओएमका डिन डा शशि शर्मालाई सर्वोच्चले पुनर्बहाली गरेपछि सोको विरोध गरेका थिए। सोही प्रकरणमा उनले सोमबार दिउँसोबाट अनसन सुरु गरेका छन्। प्रहरी हिरासतमा रहेका डा केसीलाई  त्यहाँ पनि अनसन जारी राखेका छन्।

    हेर्नुस् केसी समर्थकहरुको प्रदर्शन-

















सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…