•  

    मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा खुल्ला हाजिरी जवाफ, परिचयपत्र वितरण तथा शिविर सन्चालन गरि २८ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएका छन् ।

    आज (सोमबार)कानेपोखरी गाउँपालिका अपाङ्गता समन्वय समितिको आयोजनामा ८० जना अपाङ्गता भएकाहरुलाई परिचय पत्र वितरण भएको थियो । दिवसको अवसरमा अपाङ्गतालाई काम लाग्ने वाकर, इयरफोन र वाइट स्टीक ५ जनालाई वितरण भएको थियो ।

    कार्यक्रममा खुल्ला हाजिरीजवाफ प्रतियोगिता
    अपाङ्गता पहिचानको लागी स्वास्थ शिविर समेत भएको थियो ।



    कार्यक्रममा पालिकाका उपाध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत पुरषोतम धिमिरे, वडा नं. २ वडाध्यक्ष सुशिल बुढाथोकी, ६ का खड्ग बस्नेत, नेपाली कांग्रेस पार्टीबाट योगेन्द्र दाहाल, नेकपा पार्टीबाट भोला अधिकारी, जनसेवा माविका प्रधानाध्यापक दामोदार सिग्देल लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

    कानेपोखरी गापामा ८२४ जना अपाङ्गता भएका ब्यक्तिहरु भएको र थप १८२ जनाको सिफारिस भएको अपाङ्गता समन्वय समितिका अध्यक्ष नगेन्द्र बस्नेतले बताए ।

    रातो कार्ड भएका व्यक्तिले मासिक दुई हजार, निलो कार्ड पाउनेले ६ सय पाउँछन । सेतो र पहेलो कार्ड पाएका अपाङ्गता भएका व्यक्तिहरुले नगद नपाएपनि यातायात, स्वास्थ, हवाईजहाजको यात्रामा ५० प्रतिशत छुटको व्यवस्था रहेको अपाङ्गता समन्वय समितिका अध्यक्ष नगेन्द्र बस्नेतले बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…