बाहुण्डाँगी । धुलाबारी जेसीजको आयोजनामा अपांग दिवसको अवसर पारेर आज सम्पन्न “ न्यानो कपडा वितरण कार्यक्रम“ सम्पन्न भएको छ ।
समाज सेवा सुधार संघ अपाङ्ग सयोग समिति मेचीनगर ७ मा रहेका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
शाखाका अध्यक्ष केशव पोखरेलको सभापतित्व तथा मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा
उपमेयर मिना पोखरेल, पूर्व अध्यक्षहरु लीललाप्रसाद भण्डारी , सुवास रिजाल, निवर्तमान अध्यक्ष नारायण खनाल कृष्ण कनाल, संघका अध्यक्ष धर्मराज घिमिरे उपाध्यक्ष गंगा सँग्रौलालगायतको सहभागितामा कपडा वितरण गरिएको हो ।