बाहुण्डाँगी । नेपाल जेसीजको २०२० का लागि ६ वटा शाखा प्रस्तावित शाखाका रुपमा स्वीकृत भएका छन् ।
नेपाल जेसीजको हेटौँडामा सम्पन्न चौथो बोर्ड बैठकले निरुपित उपाध्यक्ष, निरुपित कार्यकारीणी उपाध्यक्षहरुले दिइएको लिखित रिर्पाटका आधारमा उनीहरुलाई प्रस्तावित शाखाका रुपमा स्वीकृत गरेको हो ।
यसरी, प्रस्तावित स्वीकृत पाउने शाखाहरुमा लालबन्दी जेसीज, सिमरा जेसीज, राप्ती जेसीज, कालिका जेसीज, माडी, बर्दघाट जेसीज रहेका छन् ।
बोर्ड बैठकमा ९ वटा शाखाहरुले सम्भावित शाखाका रुपमा रिर्पाेट बुझाएका थिए । जसमा यि ६ वटा स्वीकृत भएका हुन् । प्रस्तावित भएका लालबन्दी र बर्दघाट अघिल्लो वर्ष नै प्रस्तावित हुनु पर्ने भए पनि विभिन्न कारणले एक वर्षपछि सरेका थिए । बैठकमा पेश भएका तिनाउ, स्याङ्जा र पाँचखाल जेसीज भने प्रस्तावितमा स्वीकृत हुन सकेनन् ।