• पुष्कर खड्का
    रामेछाप – रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर–३ कुभुकास्थलीका संगित सुनुवार १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । नेकपाका नेता समेत रहेका सुनुवारले गाउँकै १३ वर्षिय बालिकालाई मंसिर २ गते बलात्कार गरेको उजुरीको आधरमा सुनुवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभुषण यादवले जानकारी दिनुभयो ।प्रहरी निरीक्षक यादवका अनुसार सुनुवारले भलात्कार गरेको कुरा कसैलाई पनि नभन्नु भनेको कारण बालिकाले उक्त घटना कसैलाई पनि भनेकी थिइनन् । तर त्यस पछि पनि पटक–पटक भलात्कारको प्रयास गर्न खोजे पछि बालिकाले आमालाई उक्त घटनाको बारेमा भनेकी थिइन् ।पीडित परिवारले बालिकालाई बलात्कार गरेको भन्दै न्यायको लागि बाम्ती प्रहरी चौकीमा निवेदन दिएको र त्यसैको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नीरिक्षक टेकेन्द्र शर्मा पौडेलको नेतृत्वमा गएको टोलीले सुनुवारलाई आइतबार साँझ उनको घरबाटै नियान्त्रणमा लिएको पनि प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।घटनाको बारेमा थप अनुसन्धानको लागि हिरासतमा राख्न रामेछाप जिल्ला अदालतबाट सोमबार सात दिनको म्याद थप गरिएको समेत जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …