• काठमाडौं । माउण्ट एभरेष्ट फुटवल क्लव इजरायलले नमुना बाल गृहका बालबालिकालाई सहयोग गरेको छ । शुभदिपावलीको अवसरमा आयोजित साँगीतिक कार्यक्रमबाट बचेको रकमबाट ज्याकेट सुट सहयोग गरेको हो । आश्रममा आश्रित ४६ जना वालबालिकालाई जाडोबाट बच्न सहयोग गरिएको ज्याकेट उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले हस्तान्तरण गर्नुभयो । न्यानो ज्याकेट पाएपछि बालबालिकाहरु निक्कै खुशी भएका थिए । उहाँले माउण्ट एभरेष्ट क्लवको प्रशंशा गर्नुभयो ।

    https://www.youtube.com/watch?v=vfw56x61AIY

    झापा र मोरङमा सहयोग गर्ने उदेश्यले संस्थाले आश्रममा ५० हजार र झापामा ५० हजार बराबरको सहयोग गरेको प्रकाश पाहिम लिम्बू र गायक कुमार योङहाङले बताउनुभयो । सोहि अबसरमा आश्रममा बालबालिकालाई खिर तथा खाजा खुवाइएको थियो । विदेशमा रहेपनि आफ्नो देशप्रतिको सामाजिक उत्तरदाहित्य अन्तर्गत सहयोग गरिएको प्रकाश पाहिमले बताउनुभयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…